बार्सिलोना । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज बार्सिलोनामा पनि भव्य रूपमा मनाइएको छ । प्रवासी नेपाली एकता मञ्च स्पेनको आयोजनामा कार्यक्रम गरिएको हो ।
मञ्चले बार्सिलोनामा हरेक वर्ष मनाउंदै आएको तीज धमाका यसपाली तत्कालिन नेपाली जन प्रगतिशील मञ्च स्पेन र प्रवासी नेपाली मञ्च स्पेन मिलेर बनेको प्रवासी नेपाली एकता मञ्च स्पेनले कार्यक्रम गरेको हो । प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु एकापसमा परिचय, घुलमिल हुंदै दर खाएर रमाइलोसंग मनाए तीज ।
एनआरएनए स्पेन आइसीसी सदस्य शितल भुर्तेल भुषाल प्रमुख अतिथी रहेको उक्त कार्यक्रम सञ्चालन महासचिव अशोक किरण न्यौपानेले गरेका थिए भने एकता मञ्चका संयोजक हेम शेर्पाले अध्यक्षता गरे ।
कार्यक्रममा स्पेनस्थित नेपाली संघ संस्थाका प्रतिनिधि लगायत दिदीबहिनीहरुको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा म्याड्रिडबाट निवर्तमान अध्यक्ष उत्रर राई लगायत अतिथीले तीजको शुभकामना दिए ।
दर खांदै सांझ ७ बजेपछि सञ्चालन गरिएको कार्यक्रममा नेपालबाट आएका लोक दोहोरी गायक तारापती सुवेदी र गायिका लक्ष्मी नेपालीले भरपुर मनोरञ्जन दिए । लक्ष्मी स्टेजमा आफ्नो तीज गीतमा नृत्य गर्दा सबै दिदीबहिनी पनि संगै नाचे ।
स्पेनमा हुने अधिकांश कार्यक्रम दर्शकबिहीन हुने भएपनि यस तीज कार्यक्रममा भने हल भरिभराउ थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक