बार्सिलोना । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज बार्सिलोनामा पनि भव्य रूपमा मनाइएको छ । प्रवासी नेपाली एकता मञ्च स्पेनको आयोजनामा कार्यक्रम गरिएको हो ।
मञ्चले बार्सिलोनामा हरेक वर्ष मनाउंदै आएको तीज धमाका यसपाली तत्कालिन नेपाली जन प्रगतिशील मञ्च स्पेन र प्रवासी नेपाली मञ्च स्पेन मिलेर बनेको प्रवासी नेपाली एकता मञ्च स्पेनले कार्यक्रम गरेको हो । प्रवासमा रहेका नेपाली दिदीबहिनीहरु एकापसमा परिचय, घुलमिल हुंदै दर खाएर रमाइलोसंग मनाए तीज ।
एनआरएनए स्पेन आइसीसी सदस्य शितल भुर्तेल भुषाल प्रमुख अतिथी रहेको उक्त कार्यक्रम सञ्चालन महासचिव अशोक किरण न्यौपानेले गरेका थिए भने एकता मञ्चका संयोजक हेम शेर्पाले अध्यक्षता गरे ।
कार्यक्रममा स्पेनस्थित नेपाली संघ संस्थाका प्रतिनिधि लगायत दिदीबहिनीहरुको उत्साहजनक उपस्थिति थियो । कार्यक्रममा म्याड्रिडबाट निवर्तमान अध्यक्ष उत्रर राई लगायत अतिथीले तीजको शुभकामना दिए ।
दर खांदै सांझ ७ बजेपछि सञ्चालन गरिएको कार्यक्रममा नेपालबाट आएका लोक दोहोरी गायक तारापती सुवेदी र गायिका लक्ष्मी नेपालीले भरपुर मनोरञ्जन दिए । लक्ष्मी स्टेजमा आफ्नो तीज गीतमा नृत्य गर्दा सबै दिदीबहिनी पनि संगै नाचे ।
स्पेनमा हुने अधिकांश कार्यक्रम दर्शकबिहीन हुने भएपनि यस तीज कार्यक्रममा भने हल भरिभराउ थियो ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु