लन्डन । लामो संघर्ष र पौरखले सफलता चुमिरहेकी महिला अभियन्ता सरस्वती खत्री क्षेत्री एउटा ठूलो दुर्घटनाबाट बचिन् । केही साताअघि कारको ठक्करपछि खुट्टाको अप्रेशन गरेर अहिले घरमा नै आराम गरिरहेकी छन् उनी । उनी दुर्घटनाबाट बचिन्, त्यो सुःखद समाचार भएपनि आसन्न एनआरएनए यूके निर्वाचनमा सदस्य पदकी उम्मेदवार सरस्वती चुनाव अभियानमा लाग्नुपर्ने बेला घरबाट बाहिर निस्कन नसक्दा चिन्तित छन् । ‘थुप्रै सार्वजनिक कार्यक्रम र चुनावी अभियानमा सहभागी हुने तीव्र इच्छा हुंदाहुंदै पनि सरिक हुन सकिरहेकी छैन्’, उनले भनिन्, ‘विश्वास छ मेरो परिस्थिति बुझेर यहांहरुले आफ्नो विवेक प्रयोग गरि मलाई जिताइ दिनुहुनेछ ।’
सरस्वतीमा राजनीतिक ‘चेत’ पनि नभएको होइन तर उनी समाजसेवा विशुद्ध होस् भन्ने मान्यता राख्छिन् । कुनै बेला रेष्टुरेन्टको ‘वेट्रेस’ उनी अहिले आफैं ‘सरस’ नामक रेष्टुरेन्ट सञ्चालिका हुन् । लगाव र इमान्दारिता मुल मन्त्र ठान्छिन् सरस्वती । ‘आज म जहां छु सानै तर स्वाभिमानका साथ छु । संघर्षको जगमा प्राप्त उपलब्धिबाट सिक्दै आफ्ना अनुभव र सीप एनआरएनमा लगाउन अब ढिला नगरौं भन्ने सोचले उम्मेदवारी दिएको छु, आशा छ यहांहरुको साथले मेरो सपना पुरा हुनेछ’ उनले भनिन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान