लन्डन । लामो संघर्ष र पौरखले सफलता चुमिरहेकी महिला अभियन्ता सरस्वती खत्री क्षेत्री एउटा ठूलो दुर्घटनाबाट बचिन् । केही साताअघि कारको ठक्करपछि खुट्टाको अप्रेशन गरेर अहिले घरमा नै आराम गरिरहेकी छन् उनी । उनी दुर्घटनाबाट बचिन्, त्यो सुःखद समाचार भएपनि आसन्न एनआरएनए यूके निर्वाचनमा सदस्य पदकी उम्मेदवार सरस्वती चुनाव अभियानमा लाग्नुपर्ने बेला घरबाट बाहिर निस्कन नसक्दा चिन्तित छन् । ‘थुप्रै सार्वजनिक कार्यक्रम र चुनावी अभियानमा सहभागी हुने तीव्र इच्छा हुंदाहुंदै पनि सरिक हुन सकिरहेकी छैन्’, उनले भनिन्, ‘विश्वास छ मेरो परिस्थिति बुझेर यहांहरुले आफ्नो विवेक प्रयोग गरि मलाई जिताइ दिनुहुनेछ ।’
सरस्वतीमा राजनीतिक ‘चेत’ पनि नभएको होइन तर उनी समाजसेवा विशुद्ध होस् भन्ने मान्यता राख्छिन् । कुनै बेला रेष्टुरेन्टको ‘वेट्रेस’ उनी अहिले आफैं ‘सरस’ नामक रेष्टुरेन्ट सञ्चालिका हुन् । लगाव र इमान्दारिता मुल मन्त्र ठान्छिन् सरस्वती । ‘आज म जहां छु सानै तर स्वाभिमानका साथ छु । संघर्षको जगमा प्राप्त उपलब्धिबाट सिक्दै आफ्ना अनुभव र सीप एनआरएनमा लगाउन अब ढिला नगरौं भन्ने सोचले उम्मेदवारी दिएको छु, आशा छ यहांहरुको साथले मेरो सपना पुरा हुनेछ’ उनले भनिन् ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा