लन्डन । एनआरएनका केन्द्रिय उपाध्यक्ष कुल आचार्य संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर क्यानाडा पुगेका छन् ।
एनआरएनको केन्द्रिय अध्यक्ष पदमा चुनाव लड्ने बताइसकेका आचार्यले यही बुधबार न्यूयोर्क र बिहिबार टेक्सास राज्यको डालस शहरमा गैर आवासीय नेपाली अभियन्ताहरुसंग अन्तरक्रिया गरेका थिए ।
डालसमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै आचार्यले अमेरिका एनआरएनको एउटा सम्मानित र बलियो आधार क्षेत्र भएको बताए । अमेरिकालाई कर्म थलो बनाएका साथीहरुले मातृभूमिको सेवामा धेरै समय र श्रोत खर्चेको र खास गरी भूकम्प पछि एनआरएनएको संयोजनमा अमेरिकाबाट गरेको सहयोगका लागि संघको तर्फबाट उनले धन्यवाद दिए ।
आचार्यले एनआरएनको नयां नेतृत्वमा अमेरिकाको सम्मानपूर्ण स्थान होस् भनेर आफूले सक्दो पहल गर्ने पनि जनाए ।
गैर आवासीय नेपालीहरुले नेपालको पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गरिसकेका र त्यतिकै महत्वपूर्ण बौद्धिक लगानी पनि भएको उनले बताए ।
‘गैर आवासीय नेपाली नागरिकताको विषयमा ऐनले भनेको सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ । नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ति गैर आवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुने छ भन्ने प्रस्ट खुलाउन जरुरी छ । त्यस्तै भूतपूर्व गोर्खाहरुको लागि पनि विशेष व्यबस्था हुनुपर्छ हामीले भनिरहेका छौं’- आचार्यले भने ।
उनले सबै गैर आवासीय नेपालीहरुलाई कानून नबन्दासम्म चनाखो रहन र लबी गरिरहन आग्रह गरे ।
‘अहिलेको मुख्य प्रश्न भनेको यो संस्थालाई कसरी बलियो बनाउने, कसरी समावेशी बनाउने, संसारभरि रहेका प्रवासी नेपालीहरुले अपनत्व महसुस गर्ने संस्था कसरी बनाउने भन्ने नै हो । यो विषयमा आउनुस्, थप छलफल गरौँ, मन्थन गरौं’- उनले भने ।
यस अघि न्यूयोर्क च्याप्टरद्वारा न्यूयोर्कमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै आचार्यले एनआरएनए चुनावमा टिका लगाउने प्रथा अन्त्य गरि सबैलाई क्षमता प्रदर्शन गर्ने अवसर दिइनुपर्नेमा जोड दिएका छन् । आसन्न निर्वाचनमा अध्यक्षका सशक्त दावेदार आचार्यले भने, ‘क्षमता हुनेहरुलाई पाखा लगाएर कसैको आर्शीवाद र टिकाको भरमा नेतृत्व सुम्पने परम्पराको अब अन्त्य गरिनुपर्छ ।’
आचार्यले प्रजातान्त्रिक प्रक्रियाबाट नयां नेतृत्व चुनिनुपर्नेमा जोड दिंदै आएका छन् । आचार्यले भने, ‘चुनाव एउटा प्रक्रिया हो, ८० लाख गैर आवासीय नेपाली भइसके । जो सक्षम छ उसलाई अवसर सृजना गर्नुपर्छ र चुनाव हार्दैमा निषेध गर्ने र जित्दैमा अहंमता देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’
सो कार्यक्रममा एनआरएन अभियन्ताहरु सोनाम लामा, खगेन्द्र जिसी लगायतले सम्बोधन गरेका थिए ।
अध्यक्षका प्रत्यासी आचार्यले चुनावअघि विश्व भ्रमणमा निस्केर तल्लोदेखि उपल्लो तहका गैर आवासीय नेपालीहरुसंग परामर्श र सुझाव लिइरहेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा