वर्षौं कता हराइस् भनि रिसाएर घुरे झैं लाग्यो
असीम प्रेम छातीमा राखी मेरै बाटो कुरे झैँ लाग्यो
भौतिक उन्मादले शिखर चुमेको जुन ठाउँमा जाउँ
स्मृतिबाट ओझेल नपर्ने यो प्रिय गाउँ
मेरो यात्रा अधुरो यहाँ न घुमी
पूर्वजहरुले आर्जेको भूमि
चौतारीले नि चिने झैँ गरे,
बाटोले संगै हिंडे झैँ गरे
खेत खलियानले सुस्केरा हाले
चराचुरुंगी गीत गाउन थाले
बिन्दास बालापनको मिठो संगालो
बिछोडिएका आफन्तहरुको भावपूर्ण अँगालो
कृत्रिमतासंग उल्झदा थाकेको यो मन
गाउँलेको सरल र सहजपन
शहरका सुख मलिन भए, प्यारो त यही चुरे झैँ लाग्यो
जन्म नै अर्कै पाए झैँ भयो, रोम रोममा उर्जा फुरे झैँ लाग्यो
डार्टफोर्ड, युके
(लामो समयपछि पुर्ख्यौली घर धादिंगको ढोला जाने मौका मिल्दा मनमा उब्जेका भावनाहरु)
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा