लन्डन । गैआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले संस्थाभित्रै ब्वाँसाहरु रहेको धारणा सार्वजनिक गरेपछि तरंग उत्पन्न भएको छ ।
एनआरएनए आईसिसी अध्यक्ष निर्वाचित भएको झण्डै दुई बर्षपछि भट्टले संस्थाभित्र ब्वाँसाहरु रहेको धारणा सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेका हुन् । ८० मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघको नेतृत्वकर्ताले नाम नलिइकन ब्वाँसाहरु रहेको भन्ने टिप्पणीले पूर्व अध्यक्षहरु माथि औंला ठडिएको छ । ‘एनआरएनएको छाला ओढेर बसेको लोभी स्यालको बुई चढेर स्वार्थको रडाको मच्चाउने ब्वाँसाहरुको कमी छैन् । विगतमा झैं तिमीहरुको स्वार्थले काम गर्ने छैन्’ उनले फेसवुक लाइभमा भने ।
हाल एनआरएनएभित्र शक्तिशाली देखिएका पूर्व अध्यक्ष जीवा लामिछाने माथि भट्टले सांकेतिक आरोप लगाएको अड्कल काटिएको छ । यद्यपि यस बिषयमा मुख खोलेका छैनन् ।
गत बर्ष नेपालमा भएको विज्ञ सम्मेलनदेखि नै अध्यक्ष भट्ट र पूर्व अध्यक्ष जीवा लामिछानेबीच मनमुटाव रहदै आएको छ । उक्त मनमुटावकै कारण नेपालमा बसेको पछिल्लो कार्यसमिति बैठकमा लामिछानेलाई एनआरएनए आईसिसी अध्यक्ष भट्टले बस्न दिएका थिएनन् ।
गत साता फेसबुकमार्फत लाइभ गर्दै भट्टले आगामी नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गरेपनि व्याक सिटमा बसेको भने जनाएका थिए । आफूले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको भन्दै भट्टले पावर र लोभी संस्कारलाई चिर्नु जरुरी रहेको बताए ।
उनले भने, ‘एनआरएनएको बसमा म चालक सिटबाट पछाडिको सिटमा सरेको मात्रै हुँ, बसबाट ओर्लेको होइन । यो यात्रा सहज छैन र म कमजोरलाई यो नेतृत्व हस्तान्तरण गर्दिन पनि, म खोजिरहनेछु म पछिको साधन स्रोत सम्पन्न व्यक्तित्व ।’
गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा तय भएको छ ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]