लन्डन । गैआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्टले संस्थाभित्रै ब्वाँसाहरु रहेको धारणा सार्वजनिक गरेपछि तरंग उत्पन्न भएको छ ।
एनआरएनए आईसिसी अध्यक्ष निर्वाचित भएको झण्डै दुई बर्षपछि भट्टले संस्थाभित्र ब्वाँसाहरु रहेको धारणा सामाजिक संजाल फेसवुक मार्फत सार्वजनिक गरेका हुन् । ८० मुलुकमा फैलिएको गैरआवासीय नेपाली संघको नेतृत्वकर्ताले नाम नलिइकन ब्वाँसाहरु रहेको भन्ने टिप्पणीले पूर्व अध्यक्षहरु माथि औंला ठडिएको छ । ‘एनआरएनएको छाला ओढेर बसेको लोभी स्यालको बुई चढेर स्वार्थको रडाको मच्चाउने ब्वाँसाहरुको कमी छैन् । विगतमा झैं तिमीहरुको स्वार्थले काम गर्ने छैन्’ उनले फेसवुक लाइभमा भने ।
हाल एनआरएनएभित्र शक्तिशाली देखिएका पूर्व अध्यक्ष जीवा लामिछाने माथि भट्टले सांकेतिक आरोप लगाएको अड्कल काटिएको छ । यद्यपि यस बिषयमा मुख खोलेका छैनन् ।
गत बर्ष नेपालमा भएको विज्ञ सम्मेलनदेखि नै अध्यक्ष भट्ट र पूर्व अध्यक्ष जीवा लामिछानेबीच मनमुटाव रहदै आएको छ । उक्त मनमुटावकै कारण नेपालमा बसेको पछिल्लो कार्यसमिति बैठकमा लामिछानेलाई एनआरएनए आईसिसी अध्यक्ष भट्टले बस्न दिएका थिएनन् ।
गत साता फेसबुकमार्फत लाइभ गर्दै भट्टले आगामी नेतृत्वका लागि उम्मेदवारी नदिने घोषणा गरेपनि व्याक सिटमा बसेको भने जनाएका थिए । आफूले स्वतस्फूर्त र एक संस्कार निर्माणका लागि यो निर्णय लिएको भन्दै भट्टले पावर र लोभी संस्कारलाई चिर्नु जरुरी रहेको बताए ।
उनले भने, ‘एनआरएनएको बसमा म चालक सिटबाट पछाडिको सिटमा सरेको मात्रै हुँ, बसबाट ओर्लेको होइन । यो यात्रा सहज छैन र म कमजोरलाई यो नेतृत्व हस्तान्तरण गर्दिन पनि, म खोजिरहनेछु म पछिको साधन स्रोत सम्पन्न व्यक्तित्व ।’
गैर आवासीय नेपाली संघको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा तय भएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक