
लन्डन । सहारा युकेले थ्रीस्टर फुटबल क्लवका कप्तान एवं नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान विक्रम लामालाई सम्मान तथा स्वागत गरेको छ । २२ जुलाई सोमबार सांझ अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा लामालाई सम्मान गरिएको हो । उनलाई सहारा युके अध्यक्ष कुमार गुरुङले मायाको चिनो सहित खादा लगाई स्वागत सम्मान गरेका थिए ।
नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके च्याप्टरको निमन्त्रणामा दुई साता अघि बेलायत आएका लामा अझै केही दिन यहां रहनेछन् ।
कार्यक्रममा राष्ट्रिय खेलाडी लामाले सहारा युकेले आफू जस्ता खेलाडीहरुका लागि प्रोत्साहन गर्दै आएकामा आभार व्यक्त गरे । उनले विदेश बसेर पनि सहाराले नेपाली खेलकुद विकास र खेलाडीलाई कल्याणकारी कार्य गरिरहनु प्रशंसनीय रहेको पनि बताए ।
सो अवसरमा उनले अध्यक्ष लगायत सहारा युकेलाई थ्रीस्टार क्लव अंकित मायाको चिनो प्रदान गरे । त्यस्तै, सहारा युके अध्यक्ष कुमार गुरुङले सहारा युकेबारे जानकारी दिदै आउंदो शनिबार २७ जुलाईका दिन फार्नबारोस्थित कोप फुटबल स्टुडियममा ओपन डे आयोजना गर्न लागिएको, सहारा युकेले युकेमा सहारा एकेडेमीको स्थापना गर्न लागेको र आगामी ३० मे २०२० का दिन नेपाली राष्ट्रिय फुटबल टिम तथा बेलायतको फुटबल टिमबीच इंग्ल्याण्डमा म्याच हुने निश्चित भइसकेको बताए ।
साथै, उनले सो खेलको तयारीका लागि इण्ल्याण्ड फुटबल एसोसिएसन (एफए), हयामसायर एफए, युके नेपाली फ्रेन्डसीप सोसाइटी, नेपाली दूतावास, आर्मी फुटबल क्लब र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके च्याप्टर साथै सहारा युकेबीच आवश्यक छलफल र बैठक भइरहेको जानकारी दिए ।
कार्यक्रममा सहारा युके संस्थापक अध्यक्ष नवीन गुरुङ र निवर्तमान अध्यक्ष मीन गुरुङले सहारा युकेले गर्दै आएका विभिन्न कामबारे जानकारी गराएका थिए । त्यस्तै, नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके च्याप्टर अध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले आफ्नो संस्था र राष्ट्रिय खेलाडी लामाको बेलायत भ्रमणबारे जानकारी दिए । क्षेत्रीकै पहलमा लामा बेलायत आउन पाएका हुन् ।
कार्यक्रममा सहारा एफसी पूर्व अध्यक्ष हरि कुमार श्रेष्ठ, एफसी सचिव कुमार थापा, अल्डरसट फुटबल क्लव पूर्व डाइरेक्टर मेग गुरुङ, पूर्व राष्ट्रिय खेलाडीहरु ओम गुरुङ, अनिल गुरुङ, प्रकाश खड्का, पत्रकारहरु नवीन पोखरेल, पूर्ण गुरुङ, फोटो पत्रकार मिलन तमु, सल्लाहकार तथा तमुधिं युके वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, सल्लाहकार कमल गुरुङ, कृष्ण गुरुङ, डिलरास गुरुङ लगायतको उपस्थिति थियो ।
सहारा युके अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रममा उपाध्यक्ष ले. कुसाङ गुरुङले स्वागत मन्तब्य दिएका थिए भने सचिव बाचस्पति रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
तस्विर- मिलन तमु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन