लन्डन । पछिल्लो समय कयौं राष्ट्रिय अवार्ड र सम्मानले चर्चामा रहेका मिलन चाम्स निर्देशित चलचित्र ‘बीर विक्रम २’ को बेलायतमा ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो गरिएको छ । सपन इन्टरटेनमेन्ट लिमिटेडले आइतबार अल्डरसटस्थित प्रिन्सेस हलमा शो गरेको हो । शोमा नेपालबाट निर्देशक चाम्स र नायिका वर्षा सिवाकोटी समेत सहभागी थिए ।
कलाकारहरु लिमोजिन चढेर कार्यक्रम स्थल पुग्दा उपस्थित दर्शकहरुले उनीहरुलाई खादा र पुष्पगुच्छा दिएर रेड कार्पेटमा न्यानो स्वागत गरे । सो अवसरमा नायिकाहरु वर्षा सिवाकोटी र जसिता गुरुङ थप आकर्षण बनेका थिए ।
दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त शोमा यूकेस्थित कलाकारहरु सनमकुमार बैराग, प्रसुना कंडेल, रोमियन लिम्बु, ध्रुव दत्त, रुपा पुन, नायिका जसिता गुरुङ, गायक एवं संगीतकार न्यूह बज्राचार्य, गायक योगेश्वर अमात्य, गायिका सितु खरेल, सञ्चारकर्मी सुमन खरेल, निर्माता निकेश लिम्बु, निर्देशक सुल्तान इडिङ्गो, इश्वर चाम्लिङ्ग, गायक पूर्ण लिम्बु, हेम तामाङ लगायतको उपस्थिति थियो ।
कार्यक्रमको शुरुमा सहयोगी मिडिया र सपन इन्टरटेनमेन्ट लिमिटेडलाई मायाको चिनो साथै कलाकार रुपा पुनलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो । त्यसैगरि, चलचित्र ‘ब्लाइण्ड रक्स’ का निर्माता निकेस लिम्बुलाई संगीतकार न्यूह बज्राचार्यको हातबाट नेपाल सरकारद्वारा उत्कृष्ट फिल्मवापत प्रदान गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो ।
फिल्म शुरु हुनु अगाडि निर्देशक चाम्सकै मेघा प्रोजेक्ट ‘गोर्खा वारियर’ को टिजर देखाइएको थियो जुन सन् २०२१ मा प्रदर्शन गर्ने लक्ष्य छ ।
चलचित्र हेरिसकेपछि दर्शकहरुले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका थिए । ‘बीर विक्रम २’ युकेका अन्य शहरमा पनि क्रमशः देखाइने सपन राईले जनाएका छन् । तस्विरः मिलन तमु
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने