लन्डन । एक बिहान काम जाने चटारो हुंदै थियो । एक सामाजिक अभियन्ता (अचेल यो शब्द खुब चल्तीमा छ, अर्थ नबुझेपनि) ले बारबार फोन हानिरहे । लाग्यो, केही अर्जेन्ट कामले सम्झिएछन् ।
कल ब्याक गरेपछि उनले अनुनय गरे, ‘सर म पनि यसपटक एनआरएनए यूकेमा … घोषणा गर्नुपरयो । ‘तपाईंले सांच्चिकै उम्मेदवारी दिने हो ?’ प्रतिउत्तरमा तिनले भने, ‘एउटा समाचार बनाइ राखौं न । नोमिनेशनको दिनसम्म विचार गरौंला, अहिले घोषणा गर्दैमा न पैसा जान्छ, न समय । केही मानिसले कम्तीमा चिन्छन् ।’
काममा मारामार भइरहंदा आएको अर्को ‘इरिटेटिङ’ कल पनि उम्मेदवारी दिनेसंग नै सम्बन्धित थियो । काम सकिएपछि कल ब्याक गर्दा तिनले भने, ‘म पनि एनआरएनए यूकेमा उठ्न लागेको, न्यूज हालिदिनु परयो प्लिज ।’
एनआरएनए यूकेको नयां कार्यसमिति चयन हुन झण्डै ९ साता बांकी रहंदा अचेल यस्ता कलले आजित छन् पत्रकार । वास्तवमा सार्है सस्तो विषय भएको छ उम्मेदवारी घोषणा गर्ने । न कटिवद्द छ आफ्नो घोषणामा । न औपचारिक कार्यक्रममार्फत घोषणा छ, न अजेन्डा छन्, न उसको सामाजिक पृष्ठभूमि छ । एनआरएनए कस्तो संस्था हो, उसको काम कर्तव्य के छ ? जिम्मेवारीमा आएपछि मैले के भूमिका निर्वाह गर्नुपर्छ समेत उसलाई हेक्का छैन् । उसले समाजमा कस्तो छवी बनाएको छ ? मतलब छैन् । तर, उसलाई एक कल फोनको भरमा उम्मेदवारी घोषणा गर्ने समाचार हालेर चर्चित हुनु छ, अग्रिम शुभकामना लिनु छ । न्यूज पोस्टमा केही थान लाइक खान उ बडो आतुर छ । दुई चार कल फोनै पनि आउने भयो । बीबीक्यूतिर हात मिलाउंदै ‘ल है यसपटक मलाई…’ को अनुनय गर्दा उसलाई सान नै भएको छ ।
दुई वर्षसम्म गुमनाम पात्रहरु पनि चुनावको बेला खुबै सलबलाएका छन्। तर, नयां प्रचलन होइन यो। कार्यसमितिमै भएका केही अनुहार पनि फेरि पद लोलुपतामा डुबेर उम्मेदवारीको चर्चा बटुलिरहेका छन् ।
एनआरएननै भनेर वर्षौं देखि लागेका, समाज र देशका लागि हजारौं पाउण्ड खर्च गरेका ‘जेन्यूइन’ अभियन्ताप्रति कदापी लक्षित होइन यो लेख । त्यस्ता उम्मेदवारहरुलाई त हाम्रो नमन छ । मिडियाले साथ दिन पनि जरुरी छ । तर, अपवादबाहेक यस्तो घोषणा समाजसेवाप्रतिको मोहले हुंदै होइन् । अर्काले उचालेको भरमा, अरुले नै सदस्यता बनाइदिएको भरमा, अर्काको प्रायोजनमा केवल नामका लागि पछाडि दौडिरहेका अनुहार हुन् यी । सस्तो लोकप्रियताको भोकमा भइरहेका हुन् यी गतिविधि । आत्मामा समाजसेवा मात्र हुनेले यति हतार गर्दैन नाम घोषणा गर्न । ‘नोमिनेशन’ डेडलाइन आउन त समय छंदै छ नि ।
यस्तो विकृति बढ्नुमा हामी पत्रकारहरुको सबैभन्दा ठूलो भूमिका छ । एक कल फोनको भरमा फेसबुकबाट फोटो तानेर आफैंले एजेन्डासहित समाचार बनाइदिने हामी ‘कथित’ जाने बुझेका पत्रकार नै दोषी छौं । धेरथोर चारो हालिदिएकै भरमा समाचार बनाउने, देखाउने हामी पत्रकारले नै नैतिक जिम्मेवारी लिन सक्नुपर्छ यो प्रवृत्ति बढ्नुमा । मेरो साथी, आफन्त, दाता, गाउंले वा यस्तै यस्तै ‘एक्सक्यूज’ मा समाचार बनाइरहने हो भने संस्थाको बचे खुचेको थोरै साख पनि विलिन हुन सक्छ । अब एउटा मापडन्ड जरुरी छ कस्तो ब्यक्ति र प्रत्यासीका न्युजलाई प्राथमिकता दिने भन्नेबारे । निस्चित छ अहिले उम्मेदवारी दिन्छु भन्ने ८० प्रतिशत नोमिनेशनको दिनसम्म पनि टिक्दैनन् । नाम कमाउन, बार्गेनिङ गर्न र काकताली परे पद नै हत्याउन खोज्नेहरु ‘पर्ख र हेर’ को अवस्थामा छन् । कतिपय अन्तिमसम्म होहल्ला गरेर पद खाने दाउमा छन् । किनकी उम्मेदवारीसंगै समय, स्रोत साधन र लगाव पनि चाहिन्छ ।
विडम्बना, यस्तो संस्थामा बौद्धिक, जाने बुझेको र निस्वार्थ व्यक्तिलाई कुनै रुची छैन् । केही दिन अघिमात्र प्राध्यापक डाक्टर सूर्य प्र. सुवेदीले अक्सफोर्ड विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधि पाउने भएपछि समाचार बनाउने क्रममा यस पंक्तिकारलाई भनेका थिए, ‘म एनआरएन यूकेमै लागेको भए यस्तो उपलब्धिबाट टाढै हुन्थें । समय जति संस्थामै दिनु पर्दथ्यो, तिनै कथित समाजसेवीका कुरा सुनेर समय बर्बाद हुन्थ्यो । धन्न तत्कालिन समयमा मेरो विरोध र आलोचना गरिदिएर म यसबाट अलग भएं । अहिले म तिनै आलोचकहरुप्रति आभारी छु किनकि उनीहरु मेरो सफलतामा प्रेरणाका श्रोत हुन् ।’
समाजलाई ‘लिड’ गर्छ भनिने एनआरएन यूकेको भावी टिम छान्नु अघि अलिक चनाखो हुन जरुरी छ । विगतमा तिनले के काम गरे मुल्याँकन हुनुपर्छ । पदको पछाडि दौड्नेलाई पाखा लगाउँ, साथ होइन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च