लन्डन । म्याग्दी प्रवासी नेपाली समाज (मोना) युके द्वारा आयोजित दोस्रो खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबार अल्डरसटमा भएको सो प्रतियोगितामा महिला तर्फको उपाधि शालिजा टीमले, पुरुषतर्फ बाग्लुङ्ग भलिबल टीमले र भेटेरानतर्फ ग्रीनवीच भलिबल टीमले हात पारयो । आयोजक मोना युके महिला र पुरुष दुवैतर्फ उपविजेतामा सीमित रह्यो ।
भेटेरानमा स्वीण्डन उपविजेता भयो । यस्तै, छेलो प्रतियोगितामा लमजुङ्ग घर भई हाल ब्रिगेड बेन्डका कर्पोरल हीरा गुरुङले ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै सबैभन्दा लामो दुरी फाल्न सफल भए । गुरुङ अबिर, पगरी र २०० पाउन्ड नगर पुरस्कारले सम्मानित भएका थिए ।
पुरुषतर्फको बिजयी टिमलाई १ हजार ४०० सय पाउण्ड नगद, ट्रफी, प्रमाणपत्र र मोना युकेका उपाध्यक्ष होम रोकाले ‘स्पोन्सर’ गरेको प्रथम रनिङ शिल्ड पाए । उपविजयी मोना युकेले ८५० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पायो । पुरुषतर्फ १६ वटा टीमले भाग लिएकोमा बाग्लुङ भलिबल टिमका पदम पुन ‘म्यान अफ दि म्याच’ बन्न सफल भए भने बाग्लुङ्गकै शंकर थापाले ‘बेस्ट प्लेयर अफ दि टुर्नामेन्ट’ अवार्ड प्राप्त गरे । मोनाका खेम भण्डारी बेस्ट ब्लकर र लुद्र राना बेस्ट लिफ्टर भए भने बाग्लुङ्गका प्रविन मल्ल बेस्ट स्पाइकर रहे ।
यसैगरी महिलातर्फ विजयी सालिजा टीमलाई ६०० सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र दिइयो भने उप विजयी मोनाले एनआरएनए आइसिसीका उपाध्यक्ष कुल आचार्यले स्पोन्सर गरेको ४०० सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पायो । महिला तर्फको ६ वटा टीमले भाग लिएकोमा मोनाका जस्मिना रोका ‘ओमेन अफ दि म्याच’ र लारा ‘बेस्ट ब्लकर’ बने । यस्तै विन्चेस्टरका यामु फगामीले बेस्ट लिफ्टर र शालिजाका शंजु थकाली बेस्ट प्लेयर अफ दि टुर्नामेन्ट र शालिजाकै बिष्णु पुन बेस्ट स्पाइकर रहे ।
यस्तै भेटेरानतर्फ विजयी ग्रीनविच भलिबल परिवारले ७०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्रबाट पाए । उपविजयी स्विन्डनले एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगरले स्पोन्सर गरेको ४०० सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पायो । भेटेरानतर्फ ९ टीमले भाग लिएकोमा म्यान अफ दि म्याच स्विन्डनका बालबिक्रम शाहीले पाएका थिए । बेस्ट स्पाइकर स्विन्डनकै कृष्ण शेरचनले पाए । उनी नेपालका पूर्व रास्ट्रिय खेलाडी हुन् । बेस्ट ब्लकरमा ग्रीनवीच भलिबल परिवार टीमका संजयदेव श्रेष्ठ र ग्रीनवीचकै ठाकुर गुरुङ बेस्ट लिफ्टर र बेस्ट प्लेयर उपाधि प्राप्त गरेका थिए ।
दोस्रो भलिबल टुर्नामेन्टका विजयी टीमहरु, रेफ्री, खेलाडी र छेलोका विजयीलाई मोना युकेका अधक्ष्य दल जुग्जाली, प्रमुख अतिथि काउन्सिलर प्रवेश केशी, विशिष्ट अतिथि एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, ब्रिटेनका अन्तर्रास्ट्रिय खेलाडी नेत्र राना एमबीई, म्याग्दीका भूपू साँसद नरबहादुर पुन, एनआरएनए युके उपाध्यक्ष प्रेम गाहा, सेफ्स एसोसिएसन युकेका अध्यक्ष दधि आचार्यलगायतले पालैपालो नगद पुरस्कार, कप ट्रफी, मेडल, प्रमाणपत्र, अबिर र फेटा प्रदान गरेका थिए । सो खेलमा म्याग्दीका भूपू खेलाडीहरुका साथै बिनोद चन्द र जिबन गुरुङले प्रमुख रेफ्रीको भूमिका निभाए ।
मोना युकेका अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न भलिबल टुर्नामेन्ट मुख्य संयोजक मोनाका उपाध्यक्ष होम रोकाले स्वागत मन्तब्य राखेका थिए भने महासचिव लालबहादुर पुनले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित