लण्डन । पूर्व ब्रिटिश सैनिकहरुलाई सहुलियतमा आवास उपलब्ध गराउने च्यारिटी हेग होम ट्रष्टले भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोरखा सैनिकको नाममा भवनको नामकरण गरेको छ ।
दक्षिणी लण्डनको मोर्डनमा हेग होमले बनाइरहेको ७० वटा घरहरुमध्ये सर्वप्रथम निर्माण सम्पन्न भएको ६ वटा फ्लाट रहेको भवनलाई भिसी कुलवीर थापा हाउस नामकरण गरिएको छ । सो भवनको यही शनिबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा हेग होम, आम्र्ड फोर्सेस च्यारिटी साफा, ब्रिगेड अफ गोर्खाज, गोरखा वेलफेयर ट्रष्ट, स्थानीय काउन्सिलर, स्थानीय नेपाली गोरखा कम्युनिटीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मोर्डनस्थित ग्रीन लेनमा बनेको सो घरमा नेपाली र अंग्रेजीमा भिसी कुलवीर थापा हाउस लेखिएको छ । यसैगरी घरको भित्तामा भिसी कुलवीर थापाको जीवनी नेपाली र अंग्रेजीमा तयार गरी फ्रेममा सजाइएको छ ।
हेग होम ट्रष्ट र भेट्रान्स अकोमोडेसन फण्डले सो घर निर्माण गरेको हो । बाँकी ६ वटा भवन आगामी अक्टोवरमा सम्पन्न हुने बताइएको छ । जसमध्ये दुई वटा भवनको नाम पूर्व स्थानीय काउन्सिलर म्याक्सी मार्टिनको स्मृतिमा राखिएको छ भने अन्य भवनको नाम पूर्व सैनिकहरुको नममा छ ।
स्थानीय साउथ लण्डन नेपलिज गोरखा एसोसिएसन (सांग्ला) का अध्यक्ष शेर पुनले प्रथम भिसी विजेता गोरखाका नाममा हेग होमले भवन बनाउनु गोरखाहरुको लागि गौरवको कुरा भएको बताए । यस कार्यबाट गोरखाहरु शरणार्थी होइनन् बरु उनीहरुले यो देशका लागि रगत लगानी गरेका छन् भन्ने रेकर्ड भएको उनको भनाइ छ । कार्यक्रममा स्थानीय नेपाली भूतपूर्व सैनिक समुदायले नेपाली नृत्य र खाना उपलब्ध गराएको थियो ।
पाल्पाका कुलवीर थापाले पहिलो विश्वयुद्धमा सन् १९१५ मा भिक्टोरिया क्रस पाएका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने