लण्डन । पूर्व ब्रिटिश सैनिकहरुलाई सहुलियतमा आवास उपलब्ध गराउने च्यारिटी हेग होम ट्रष्टले भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोरखा सैनिकको नाममा भवनको नामकरण गरेको छ ।
दक्षिणी लण्डनको मोर्डनमा हेग होमले बनाइरहेको ७० वटा घरहरुमध्ये सर्वप्रथम निर्माण सम्पन्न भएको ६ वटा फ्लाट रहेको भवनलाई भिसी कुलवीर थापा हाउस नामकरण गरिएको छ । सो भवनको यही शनिबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा हेग होम, आम्र्ड फोर्सेस च्यारिटी साफा, ब्रिगेड अफ गोर्खाज, गोरखा वेलफेयर ट्रष्ट, स्थानीय काउन्सिलर, स्थानीय नेपाली गोरखा कम्युनिटीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
मोर्डनस्थित ग्रीन लेनमा बनेको सो घरमा नेपाली र अंग्रेजीमा भिसी कुलवीर थापा हाउस लेखिएको छ । यसैगरी घरको भित्तामा भिसी कुलवीर थापाको जीवनी नेपाली र अंग्रेजीमा तयार गरी फ्रेममा सजाइएको छ ।
हेग होम ट्रष्ट र भेट्रान्स अकोमोडेसन फण्डले सो घर निर्माण गरेको हो । बाँकी ६ वटा भवन आगामी अक्टोवरमा सम्पन्न हुने बताइएको छ । जसमध्ये दुई वटा भवनको नाम पूर्व स्थानीय काउन्सिलर म्याक्सी मार्टिनको स्मृतिमा राखिएको छ भने अन्य भवनको नाम पूर्व सैनिकहरुको नममा छ ।
स्थानीय साउथ लण्डन नेपलिज गोरखा एसोसिएसन (सांग्ला) का अध्यक्ष शेर पुनले प्रथम भिसी विजेता गोरखाका नाममा हेग होमले भवन बनाउनु गोरखाहरुको लागि गौरवको कुरा भएको बताए । यस कार्यबाट गोरखाहरु शरणार्थी होइनन् बरु उनीहरुले यो देशका लागि रगत लगानी गरेका छन् भन्ने रेकर्ड भएको उनको भनाइ छ । कार्यक्रममा स्थानीय नेपाली भूतपूर्व सैनिक समुदायले नेपाली नृत्य र खाना उपलब्ध गराएको थियो ।
पाल्पाका कुलवीर थापाले पहिलो विश्वयुद्धमा सन् १९१५ मा भिक्टोरिया क्रस पाएका थिए ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]