लन्डन । पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार एक फरक ढंगको कार्यक्रम सम्पन्न भयो ।
स्कटल्याण्डमा रहेका कवि नवीन क्षेत्री र मुकुल दाहालको संयोजकत्वमा बेलायती महारानी एलिजावेथको स्कटल्यान्डस्थित बालमोरल दरबार परिसरमा कार्यक्रम भएको हो । सो अवसरमा वालमोरल क्यासलका कर्मचारी ग्लिन जोनस र जोजियाले सहभागीहरूलाई एक घन्टासम्म प्रकृतिको मनोरम दृश्यावलोकन गराए । दृश्यावलोकनपछि रानीको दरवार अवलोकन र दरवारमा हुने गतिविधिहरूको जानकारीमूलक वृत्तचित्र पनि देखाइएको थियो ।
महारानी एलिजाबेथले प्रत्येक वर्ष तीन महिना बिताउने दरबारको परिसरमा काब्य गोष्ठी लगायत सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो । खुला आकासमुनी भएको वहुभाषिक काब्य गोष्ठीमा दरबारका कर्मचारी ग्लिन जोनसले स्कटल्यान्डको स्थानीय गेलिक भाषामा, विशेष अतिथिको रूपमा रहेका पण्डित मधुसुदन भट्टराईले संस्कृतमा, नवीन क्षेत्रीले अंग्रेजीमा साथै मुकुल दाहाल र राज क्षेत्रीले नेपालीमा कविता वाचन गरेका थिए ।
दरबारको सुन्दर परिसरमा फुलेका फूलहरूको उपस्थितिले शब्दहरूमा ओज थपेको थियो । स्थानीय कलाकारहरू टक थापा, नारायणचन्द्र श्रेष्ठ, रेनुका ढकाल, लब सिम्खडा, उद्धव भट्टराई, पुष्कर गौतम, बलराम ढकाल, प्रतिज्ञा राना, चन्द्रा श्रेष्ठ र अनिता भन्डारीले कार्यक्रममा सांगीतिक रौनक थपेका थिए ।
एबर्डिनबाहिर ५० माइलको दुरीमा रहेको दरवारमा सम्पन्न कार्यक्रममा सहभागी हुन उल्लेख्य संख्यामा कवि कलाकारहरू उपस्थित थिए ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा