लण्डन । बेलायत भ्रमण आएका प्रधानमन्त्री केपी शर्मा ओलीसित नेकपाका युकेस्थित भातृसंगठनका नेतृत्वले भेटघाट गरेका छन् ।
नेपाली दूतावास लण्डनमा मंगलबार बिहान भएको सो भेटघाटमा नेकपाका युकेस्थित भातृसंगठनहरु प्रवासी नेपाली मञ्च युके र जनप्रगतिशील मञ्च युके नेतृत्वको उपस्थिति थियो । प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र जनप्रगतिशील मञ्च युकेका अध्यक्ष सुरेश गौतमको टोलीले प्रधानमन्त्रीसित संयुक्त भेट गरेको थियो ।
तत्पश्चात परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित दुवै संगठनको टोलीले विस्तृत छलफल गरेको थियो । छलफलका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले नेकपाका प्रवासस्थित संगठनहरुको एकता केही हप्तामै टुंगिने जानकारी दिएका थिए । उनले पार्टी एकतामा बाँकी रहेका अन्य विषयहरु पनि प्रधानमन्त्री देश फर्किएपछि लगत्तै सकाउने बताए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष पुडासैनीका अनुसार सो अवसरमा प्रवासी नेपालीका समस्याहरु र नेपालको विकास र सम्वृद्धिमा प्रवासी नेपालीहरुले गर्न सक्ने सहयोगका बारेमा पनि छलफल भएको थियो । छलफलमा आफूहरुले प्रवासमा रहेका विज्ञहरुबाट लाभ लिन, प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरता, पुस्तान्तरण, पछिल्लो पुस्ता विदेशमै पलायन हुनसक्ने चिन्ता, गोर्खा समस्या, वैधानिक बाटोबाट रेमिट्यान्स नेपाल भित्र्याउने लगायतका विषय उठाएको पुडासैनीले बताए ।
छलफलमा मन्त्री ज्ञवालीले एनआरएन र गोर्खाहरुको समस्याबारे सरकार जानकार रहेको र समस्या समाधानमा दृढ रहेको बताए ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर