लण्डन । बेलायत भ्रमण आएका प्रधानमन्त्री केपी शर्मा ओलीसित नेकपाका युकेस्थित भातृसंगठनका नेतृत्वले भेटघाट गरेका छन् ।
नेपाली दूतावास लण्डनमा मंगलबार बिहान भएको सो भेटघाटमा नेकपाका युकेस्थित भातृसंगठनहरु प्रवासी नेपाली मञ्च युके र जनप्रगतिशील मञ्च युके नेतृत्वको उपस्थिति थियो । प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र जनप्रगतिशील मञ्च युकेका अध्यक्ष सुरेश गौतमको टोलीले प्रधानमन्त्रीसित संयुक्त भेट गरेको थियो ।
तत्पश्चात परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित दुवै संगठनको टोलीले विस्तृत छलफल गरेको थियो । छलफलका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले नेकपाका प्रवासस्थित संगठनहरुको एकता केही हप्तामै टुंगिने जानकारी दिएका थिए । उनले पार्टी एकतामा बाँकी रहेका अन्य विषयहरु पनि प्रधानमन्त्री देश फर्किएपछि लगत्तै सकाउने बताए ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष पुडासैनीका अनुसार सो अवसरमा प्रवासी नेपालीका समस्याहरु र नेपालको विकास र सम्वृद्धिमा प्रवासी नेपालीहरुले गर्न सक्ने सहयोगका बारेमा पनि छलफल भएको थियो । छलफलमा आफूहरुले प्रवासमा रहेका विज्ञहरुबाट लाभ लिन, प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरता, पुस्तान्तरण, पछिल्लो पुस्ता विदेशमै पलायन हुनसक्ने चिन्ता, गोर्खा समस्या, वैधानिक बाटोबाट रेमिट्यान्स नेपाल भित्र्याउने लगायतका विषय उठाएको पुडासैनीले बताए ।
छलफलमा मन्त्री ज्ञवालीले एनआरएन र गोर्खाहरुको समस्याबारे सरकार जानकार रहेको र समस्या समाधानमा दृढ रहेको बताए ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने