लण्डन । बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खाहरुको समस्यामा गम्भीर चासो देखाउनुभएको छ ।
मंगलबार बिहान नेपाली दूताबासमा भूतपूर्व गोरखा सैनिकहरुसित भएको भेटवार्तामा प्रधानमन्त्रीले तोकिएको समयभन्दा धेरै समय दिई गोरखाहरुको समस्या गम्भीरतापूर्वक सुन्नु भयो ।
शुरुमा भेटघाटका लागि १५ मिनेट मात्र दिइएकोमा प्रधानमन्त्रीले एक घण्टाको समय गोर्खाहरुलाई दिनु भएको थियो । त्यतिबेला एनआरएनए युके र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि मण्डल भने बाहिर प्रतीक्षामा बसिरहेको थियो ।
भेटघाटमा गोर्खा भूतपूर्व सैनिकका संस्थाहरु गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), गोर्खा सत्याग्रह र नेपाल भूतपूर्व सैनिक संघ (नेसा) सहभागी थियो । ब्रिटिश गोरखा वेलफेयर सोसाइटी भने सो भेटघाटमा सहभागी थिएन ।
सो अवसरमा गेसो सभापति कृष्णकुमार राई र गोर्खा सत्याग्रहका तर्फबाट निर्देशक ज्ञानराज राईले गोर्खा भूतपूर्व सैनिकहरुका समस्याका बारेमा प्रधानमन्त्री र उहाँको टोलीलाई जानकारी गराएका थिए ।
सभापति राईका अनुसार सो अवसरमा गोर्खाहरुले गतवर्ष प्राविधिक समितिले बनाएको १३ बुँदे प्रतिवेदन कार्यान्वयनका लागि दुईपक्षीय उच्चस्तरीय समिति गठनका लागि प्रधानमन्त्री ओलीसित माग गरेका थिए ।
गोरखाहरुको भनाइपछि आफ्नो कुरा राख्दै प्रधानमन्त्री ओलीले आफ्ना बेलायती समकक्षीसित गोरखाहरुको समस्या उठाउने आश्वासन दिनु भएको थियो । उहांले गोरखा भर्ती नेपाल–भारत–बेलायतबीचको त्रिपक्षीय सम्झौताको आधारमा हुँदै आएकोमा अब नेपाल र बेलायतबीच द्विपक्षीय सम्झौताबाट गोरखा भर्ती हुनुपर्ने धारणा राख्नु भएको थियो ।
प्रधानमन्त्रीसितको भेटपछि गोरखाहरु सकारात्मक देखिएका छन् ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार