लिस्बन-विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मूलुक पोर्चुगलको राजधानी लिस्बनमा शनिबार बृहत शोभा यात्रा र सभा सम्पन्न भयो । नेपाली अवैतनिक वाणिज्यदूत कार्यालयको संयोजकत्व र पोर्चुगलमा क्रियाशील नेपाली संघ-संस्थाहरूको सकृयतामा जेठ ४ गते कार्यक्रम भएको हो ।
भगवान गौतम बुद्ध र बुद्धभूमि नेपालको प्रचार-प्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने उद्देश्यकासाथ बिदेशी भूमिमा बिशेष कार्यक्रमसहित बुद्ध जयन्ती मनाइएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं लिस्बनका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए ।
बिदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन, बिश्वमाझ नेपाललाई चिनाउन र ‘भिजिट नेपाल-२०२०’ लाई अझ बढी प्रचारप्रसार गर्न बिगत बर्षहरुमा जस्तै यसपटक पनि बिशेष कार्यक्रमकासाथ बुद्ध जयन्ती मनाइएको मूल समारोह समितिका सह-संयोजक एवं पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले प्रतिक्रिया दिए ।
लिस्बनको रोसियोस्थित काजा दि लाफोइसको हलमा मध्याह्न १२ बजेदेखि बुद्धको पूजा र आराधना गर्दै सुरु भएको कार्यक्रम दिनको ३.३० बजे शहरको मूख्य पर्यटकीय केन्द्र रोसियोस्थित समुन्द्र किनारबाट बृहत शोभायात्रामा परिणत भएको थियो ।
बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा, नेपाली बाजागाजा र सांस्कृतिक झाँकीसहित राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै मार्तिमुनिज पार्कमा आएर शोभायात्रा सम्पन्न भएको थियो ।
शोभायात्रा सुरु हुनु अगाडि बौद्ध धर्मगुरुहरुद्धारा भगवान गौतम बुद्धको शान्ति सन्देश, बुद्धवाणी, ज्ञान, दर्शन र उपदेशका बिषयमा प्रबचन दिइएको थियो ।
शोभायात्रा समापनको संक्षिप्त सभामा बाणिज्यदूत मकरबहादुर हमाल, पर्यटनदूत रमेशकुमार गुरुङ, एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्की, आदिवासी जनजाति महासंघ पोर्चुगलका कावा अध्यक्ष राजेन्द्र शेर्पा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
शोभायात्रा र सभामा पोर्चुगलमा रहेका विभिन्न नेपाली संघ- संस्थाका प्रतिनिधि र सर्वसाधारण नेपालीको बाक्लो उपस्थिति थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा