लन्डन । बेलायतका युवा व्यवसायी अनिल मल्ल एनआरएनए यूकेको आगामी निर्वाचनमा युवा संयोजक पदमा उठ्ने भएका छन् । सेप्टेम्बर १४ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका लागि घोषणापत्रसहित छिट्टै आफ्नो उम्मेदवारी औपचारिक रुपमा सार्वजनिक गर्ने उनको तयारी छ ।
‘एनआरएन जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता अहिलेसम्म नगण्यजस्तै छ । संस्थाप्रति युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’- अनिलले भनेका छन् ।
कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् उनी । हाल मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आएका छन् ।
उनी निर्देशक रहेको नेप्लिज इन्टरटेनमेन्ट यूकेले अहिलेसम्म नेपालबाट दर्जनौं नेपाली कलाकार ल्याएर बेलायतमा विभिन्न कार्यक्रम गर्नुका साथै थुप्रै नेपाली चलचित्र प्रदर्शन गराएको छ । विगत वर्षदेखि एनआरएन यूकेको सदस्य रहेका उनले संस्थाका धेरै कार्यक्रममा स्वयमसेवकका रुपमा भूमिका निभाएका छन्, कैयौं अवसरमा कुशलतापूर्वक युवाहरुको परिचालन गर्दै आफ्नो नेतृत्व क्षमता पनि देखाएका छन् ।
युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका अनिलसंग केही भिजन र कार्ययोजना छन् ।
बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनीसंग छ । विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च