
लन्डन । झन्झटिलो भाषण र खादा मालामा अल्झिएको बेलायती नेपाली समाजमा नयाँ पुस्ताले उत्कृष्ट कार्यक्रम गरेको छ । लामा लामा भाषण र खादा विना पनि राम्रो कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण बर्न्टओक नेपाली यूथ समूहका नयाँ पुस्ताले दिएका हुन् ।
बेलायती संस्कारमा हुर्किएका नयाँ पुस्ताले मज्जाले नेपाली भाषा बोल्ने र नेपाली भाषा, संस्कृतिलाई निरन्तर सम्झाउने सोरठी गीत प्रस्तुत गरेर दर्शकदीर्घालाई अचम्म पारे ।
बर्न्टओक नेपाली यूथ समूहले शनिबार वाटलिङ कम्युनिटी सेन्टरमा गरेको कार्यक्रममा नयाँ पुस्ताले नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न सोरठीमा गहकिलो प्रस्तुती दिए । सोरठीका लागि चाहिने बाजा गाजासहित स्टेजमा उत्रिएका नयाँ पुस्ताले आफ्नो कला बेजोडले प्रस्तुत गरेका थिए ।
नेपाली जातजाति, भाषा र संस्कृति झल्किने गीत संगीतदेखि साना बालबालिकाले नेपाली गीतमा छमछमी नाच देखाउंदा पुराना पुस्ताका बेलायती नेपालीहरुले गौरवान्वित महशुस गरे । नेपाली गीत संगीत प्रस्तुत गर्न यूथ समूहकी संयोजक महान्ता गुरुङ र उनको टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

निस्का लुईटेल, ओजल महर्जन र अदिति अधिकारीको सामूहिक गीतबाट अघि बढदै गएको सांगीतिक कार्यक्रममा समीर गुरुङको कविताले माहोल तताएको थियो । मारुनी नृत्यमा सुस्मा, सलिना, सरिना र महान्ताले नेपाली गाउँघरकै झल्को दिने दमदार प्रस्तुति गरे । कभर गीत गाएर संजीवले दर्शकलाई फलोरमा स्वतस्फूर्त नाच्न वाध्य बनाए । साकेला नृत्यमा मौलिक संस्कृतिलाई झल्को दिने गीत र नृत्य समूहगत रुपमा प्रस्तुत गरिएको थियो भने नेपालका विभिन्न जातजाति को भेषभुषा झल्काउने गरी फेशन शो पनि देखाइएको थियो।
नयाँ पुस्ताको प्रस्तुति हेर्न बरो अफ बार्नेटका काउन्सिलर लक्ष्य गुरुङ, बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, नेपाली भाषा तथा सांस्कृतिक केन्द्रका अध्यक्ष सुमन प्रधान, महासचिव भोला पनेरु, समाजका मिडिया कोअर्डिनेटर भगीरथ योगी, नेपाल पत्रकार महासंघ यूकेका वरिष्ठ उपाध्यक्ष श्याम लुइंटेल लगायतका अग्रज दर्शक दीर्घामा बसेका थिए । नयाँ पुस्ताका युवाहरुको साउण्ड बक्स व्यान्डले पाँचवटा गीत प्रस्तुत गर्दा दर्शक माझबाट ‘वान्स मोर‘ को हुटिङ सुरु भैसकेको थियो ।
कार्यक्रम सकिंदै गर्दा समूहका संयोजक महान्ता गुरुङले कार्यक्रम सहयोगी सबैलाई धन्यवाद दिइन् । सांस्कृतिक कार्यक्रम नेपाली राष्ट्रिय गानबाट सुरु भएको थियो । कार्यक्रमका लागि बर्न्टओक आमा समूहले सेल रोटी, मोमो लगायतका खाने कुराहरु तयार गरेको थियो ।



रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम