लण्डन । बेलायतको मुख्य विपक्षी लेबर पार्टीका एक जना नेता तथा सांसद वीरेन्द्र शर्माले ब्रिटेन नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताएका छन्। बुधबार ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा ‘नेपाल सेन्टर यूके’ नामक संस्था उद्घाटनका अवसरमा शर्माले नयाँ संस्थाले नेपाल तथा ब्रिटेनबीच पूलको रुपमा काम गर्ने आशा पनि ब्यक्त गरे ।
कार्यक्रममा ब्यारोनेस वर्मा, लर्ड इभान्स र लर्ड ब्राउनले पनि दुई देश र जनताबीचको गहिरो सम्बन्धबारे चर्चा गरे ।
काठमाडौँस्थित सेन्टर फर नेप्लिज कल्चर नेपाल सेन्टरका अध्यक्ष निर्मल कुमार थापाले संस्कृतिले मानिसहरु लाई जोड्छ भन्दै संसार भरि नेपाली कला, संस्कृति, नाच, खाना लगायतको प्रवर्धन गर्न सेन्टरले काम गर्ने बताए। उनले लन्डन पछि बेइजिङ र दिल्लीमा पनि सेन्टरले शाखाहरु खोल्न लागेको जानकारी दिए ।
नेपाल सेन्टर यूकेकी सदस्य डा संगीता श्रेष्ठले सेन्टरले ब्रिटेनमा नेपाली कला संस्कृति झल्काउने नेपाल हाउस बनाउने, कला प्रदर्शनी तथा संस्कृतिक कन्सर्ट आयोजना गर्ने, नेपाली क्यालेन्डर छाप्ने र निकट भविस्यमा एउटा नेपाली रेस्टुरेन्ट स्थापना गर्ने लगायतका योजनाहरु बनाएको सुनाइन्। उनले सामाजिक उद्यमको धारणा अन्तर्गत संचालन गरिने यी उद्यमहरुबाट प्राप्त मुनाफा नेपाली संस्कृतिक गतिविधिको प्रवर्धन गर्न खर्च गरिने पनि बताइन्।
यस किसिमको अवधारणा नेपाली संघ संस्थाले सुरु गर्न लागेको पहिलो ठानिएको छ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले नेपाल तथा ब्रिटेनबीच कला संस्कृतिको क्षेत्रमा सहयोग बढाउने उदेश्यले गठन भएको सेन्टरको सफलताको कामना गरे। उनले गैर आवासीय नेपाली संघले विश्व भरी फैलिएका ८० वटा राष्ट्रिय समितिमार्फत नेपालमा कल्याणकारी काम गरिरहेको जनाउंदै नेपालमा लगानी गर्न ब्रिटिश व्यवसायीहरुलाई आग्रह पनि गरे।
सेन्टरका सदस्यहरु मनोज शर्मा र स्नेह श्रेष्ठले सेन्टरबारे थप जानकारी दिएका थिए।
तस्बिर- एभरेष्ट गौतम
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’