आउ तिमी आऊ, साथी संगिनी लिएर आऊ
मेरो देश सगरमाथाको देश हो
विश्वको शिखर सगरमाथा हेर्न आऊ
मेरो देश गौतम बुद्दको देश हो
शान्तिको स्वास फेर्न आऊ
आउ तिमी आऊ, साथी संगिनी लिएर आऊ
मेरो देश सगरमाथाको देश हो ।
हिमालका हिउँहरुले
पहाडका भिरपाखाहरुले
तराईका फाटहरुले
आफ्नै भाषा, भेषभुषा, धर्म संस्कृतिका रंग छर्छन्
छाङ्गा, झरना, नदीनालाहरुले प्यास मेट्छन्
अमृतको मूल हो मेरो देश अभिषेक गर्न आऊ
आऊ तिमी आऊ, साथी संगिनी लिएर आऊ
मेरो देश सगरमाथाको देश हो
विश्वको शिखर सगरमाथा हेर्न आऊ ।
कोईलीले गाउँदै
डाँफे मुनालले नाच्दै
लालिगुरास घर आगनमा छरेर
वीर नेपालीहरुले स्वागत अभिनन्दन गर्छन्
खप्तड, बेगनास, रारा, फेवाताल तलैया घुम्न आऊ
जडिबुटीको रानी हो मेरो देश
पाईला पाईला पछ्याउदै
कस्तुरी, बाघ, गैडा हात्ति, चराचुरूङ्गीसंग रमाउदै
आ-आफ्नो धर्म संस्कृतिमा
मन्दिरै मन्दिरको देशमा
फरफर चन्द्र सूर्यको छहारीमा
तिमी सिम्रिकमा रंगिन आऊ
मेरो देश सगरमाथाको देश हो
आउ तिमी आऊ, साथी संगिनी लिएर
विश्वको शिखर सगरमाथा हेर्न आऊ ।।
(मल्ल नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० उच्चस्तरिय मूल समिति, युकेको साहित्य समन्वय समिति संयोजक हुन्)
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै