आउ तिमी आऊ, साथी संगिनी लिएर आऊ
मेरो देश सगरमाथाको देश हो
विश्वको शिखर सगरमाथा हेर्न आऊ
मेरो देश गौतम बुद्दको देश हो
शान्तिको स्वास फेर्न आऊ
आउ तिमी आऊ, साथी संगिनी लिएर आऊ
मेरो देश सगरमाथाको देश हो ।
हिमालका हिउँहरुले
पहाडका भिरपाखाहरुले
तराईका फाटहरुले
आफ्नै भाषा, भेषभुषा, धर्म संस्कृतिका रंग छर्छन्
छाङ्गा, झरना, नदीनालाहरुले प्यास मेट्छन्
अमृतको मूल हो मेरो देश अभिषेक गर्न आऊ
आऊ तिमी आऊ, साथी संगिनी लिएर आऊ
मेरो देश सगरमाथाको देश हो
विश्वको शिखर सगरमाथा हेर्न आऊ ।
कोईलीले गाउँदै
डाँफे मुनालले नाच्दै
लालिगुरास घर आगनमा छरेर
वीर नेपालीहरुले स्वागत अभिनन्दन गर्छन्
खप्तड, बेगनास, रारा, फेवाताल तलैया घुम्न आऊ
जडिबुटीको रानी हो मेरो देश
पाईला पाईला पछ्याउदै
कस्तुरी, बाघ, गैडा हात्ति, चराचुरूङ्गीसंग रमाउदै
आ-आफ्नो धर्म संस्कृतिमा
मन्दिरै मन्दिरको देशमा
फरफर चन्द्र सूर्यको छहारीमा
तिमी सिम्रिकमा रंगिन आऊ
मेरो देश सगरमाथाको देश हो
आउ तिमी आऊ, साथी संगिनी लिएर
विश्वको शिखर सगरमाथा हेर्न आऊ ।।
(मल्ल नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० उच्चस्तरिय मूल समिति, युकेको साहित्य समन्वय समिति संयोजक हुन्)
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर