लन्डन । बेलायतले विश्वमै पहिलो पटक इन्टरनेटमा अश्लील चलचित्र हेर्ने प्रवृत्ति नियन्त्रण गर्न उमेर परिक्षण गर्नुपर्ने नियम ल्याउने तयारी गरेको छ ।
आउंदो १५ जुलाई देखि उक्त नियम लागू हुने अधिकारीहरुले बताएका छन् । यो नियम लागू भएपछि व्यावसायिक रुपमा अनलाइन पोर्नोग्राफी उपलव्ध गराउने कम्पनीहरुले अनिवार्यरुपमा अश्लील सामाग्री हेर्न आउने मानिसहरुको उमेर परिक्षण गर्नु पर्नेछ र ति व्यक्ति कम्तिमा १८ वर्ष पुगेको निश्चित गर्नुपर्नेछ ।
७ देखि १७ वर्ष उमेर सन्तान भएका ब्रिटिश अभिभावकहरु मध्ये ८८ प्रतिशतले बालबालिकाले इन्टरनेटमा अश्लील सामाग्री हेर्न नसकुन् भनेर कडा नियम बनाउनु पर्ने बताए पछि ब्रिटिश सरकारले नयां नियम लागू गर्न लागेको हो ।
बीबीसीका अनुसार उमेर जांच्ने प्रविधि प्रयोग नगर्ने सेवा प्रदायकहरुको भुक्तानी प्रणाली रोकी दिने वा उनीहरुको सेवा ब्रिटेनमा बन्द गरिदिने अधिकारीहरुले जनाएका छन् । यस अलवा अढाई लाख पाउण्ड (करिब ३ करोड ६० लाख रुपैयां) जरिवाना समेत तिर्नुपर्ने हुन सक्छ ।
नयां कानूनको अनुगमन गर्ने जिम्मा ब्रिटिश बोर्ड अफ फिल्म क्लासिफिकेसनलाई दिइएको छ ।
डिजिटल मामिला हेर्ने मन्त्री मार्गोट जेम्सले भने, ‘बालबालिकाहरुले इन्टरनेटमा सजिलै वयस्कले हेर्ने सामग्री हेर्न सक्छन् । उमेर परिक्षण प्रविधि अनिवार्य बनाएर हामी ब्रिटेनलाई इन्टरनेटमा संसारकै सबै भन्दा सुरक्षित मुलुक बनाउन चाहन्छौं र नयां कानूनले हामीलाई सघाउने छ ।’
सरकारले ल्याएको नयां नियम जनरल डेटा प्रोटेकसन रेगुलेसनसंग पनि मेल खाने अधिकारीहरुले जनाएका छन् ।
अश्लील साइट नियन्त्रण गर्ने प्रस्ताव सर्वप्रथम सत्तारुढ दल कन्जरभेटिभले सन् २०१५ मा चुनावी घोषणापत्रमा ल्याएको थियो । पछि यो ‘डिजिटल इकोनोमी एक्ट २०१७’ कानूनका रुपमा पारित भयो । सरकारले गत वर्ष अप्रिलदेखि नै नयां नियम लागू गर्ने योजना बनाएपनि विविध कारणले ढिलाई भएको हो ।
अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो एवं ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलका अध्यक्ष डा. कृष्ण अधिकारी अश्लील साइटबाट बालबालिका यौन शिकार हुने घट्ना बढिरहंदा बेलायतको नयां नियम चुनौतिपूर्ण तर स्वागतयोग्य भएको बताउंछन् । ‘यसबाट नेपाल जस्तो विकासोन्मुख देशले पनि पाठ सिक्नुपर्छ, डा. अधिकारीले भने, ‘आफ्ना बालबालिकालाई सही बाटोमा हिंडाउन अभिभावकको पनि प्रमुख भूमिका हुन्छ ।’
बेलायतमै जन्मी हुर्किएका बालबालिकालाई नेपाली कक्षा सञ्चालन गर्दै आएको नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्टओकका अध्यक्ष सुमन प्रधान नयां नियमले बालबालिका गलत बाटोमा जान निरुत्साहित हुने बताउंछन् । ‘बेलायतको खुल्ला समाज भएपनि हामीले आफ्नो धरातल कदापी भुल्नु हुन्न’, प्रधानले भने, ‘नयां पुस्तालाई नेपाली भाषा, कला संस्कृति सिकाउने हाम्रो अभियान पनि बालबालिका सही दिशामा अगाडि बढुन् भन्ने उद्देश्यले हो ।’
बेलायतका करिब १४ लाख बालबालिकाले मासिक पोर्न साइट हेर्ने गरेको अनुमान बेलायत सरकारको छ । ब्रिटिश बोर्ड अफ फिल्म क्लासिफिकेशनका अनुसार अहिले विश्वभर करिब ५० लाख अश्लील साइट चालु छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार