लन्डन । नेपाली भाषा तथा सांस्कृतिक केन्द्र, बर्न्टओकले नेपाली नयां वर्षकै दिन लन्डनमा शुभकामना आदानप्रदानसहित एक च्यारिटी कार्यक्रम गरेको छ । आइतबार सांझ लन्डन हयारोस्थित ब्लु रुम स्पोर्टस हलमा कार्यक्रम भएको हो । नेपालबाट आएका तीन राष्ट्रिय कलाकार र स्थानीय बालबालिकाको सांस्कृतिक प्रस्तुतिका साथ भएको उक्त च्यारिटी कार्यक्रममा करिब अढाइ सय सहभागी थिए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ सञ्चाकर्मी तथा साहित्यकार खगेन्द्र नेपालीले शुभकामना व्यक्त गर्दै बालबालिकालाई नेपाली कक्षा सञ्चालन गर्ने केन्द्रको पहलको प्रशंसा गरे । उनले मातृभाषाले नै स्वदेशसंग जोडिराख्ने उल्लेख गर्दै आफ्ना अडियो बुकहरू केन्द्रलाई निशुल्क हस्तान्तरण गरेका थिए ।
केन्द्रका महासचिव भोला पनेरुले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङले शुभकामना दिंदै नेपाली भाषा रहेमात्र नेपाली पहिचान रहने उल्लेख गरे ।
केन्द्रका अध्यक्ष सुमन प्रधानले नेपाली भाषा तथा सांस्कृतिक केन्द्रले गएको २ वर्ष भन्दा बढी समय देखि बालबालिकाहरुलाई नेपाली लेख्न, पढ्न र बोल्न सिकाउने उद्देश्यले नेपाली कक्षा संचालन गर्दै आएको जनाए । उनले हरेक शनिबार संचालन गरिने सो कक्षामा आधा घण्टा योग र ध्यान तथा आधा घण्टा नेपाली संगीत सिकाइने पनि बताए । उनले नेपालबाट कलाकार ल्याउन सहयोग गर्ने विकास देवकोटा, आवासमा सघाउने रघु दाहाल, साउन्ड सिस्टममा सघाउने हेम बिस्ट लगायत च्यारिटी डिनर आयोजना गर्न सघाउने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाली कक्षामा पढिरहेकी छात्रा स्वस्ति योगीले केन्द्रको पहलका कारण आफूले नेपाली सिकेको अनुभव सुनाइन् । उनले सबै अभिभावकहरुलाई आफ्ना छोराछोरीलाई नेपाली सिकाउन आग्रह पनि गरिन् ।
उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरु भूमिका शाह, सहिमा श्रेष्ठ र प्रसन्ना पाण्डेले विभिन्न गीत प्रस्तुत गरी दर्शकलाई मनोरन्जन दिएका थिए । केन्द्रमा अध्ययनरत बालबालिकाले पनि विभिन्न नाचगान देखाए । ससाना बालबालिकाले राष्ट्रिय गान गाएपछि कार्यक्रम शुरु भएको थियो । कार्यक्रमको संचालन केन्द्रका महासचिव भोला पनेरुले गरेका थिए ।
कार्यक्रममा काउन्सिलर लक्ष गुरुङ, अम्मर नक्वी, बर्न्टओक आमा समूहका सदस्यहरु लगायत टाढा टाढाबाट सहभागीहरु आएका थिए ।
तस्विर- शिव भण्डारी
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता