लण्डन । नेपाली नयाँवर्ष बेलायतका विभिन्न स्थानमा मनाइएको छ । यसैक्रममा आसफोर्ड केन्टवासी नेपालीहरुले पनि शनिबार एक कार्यक्रम गरी मनाएका छन् ।
सगरमाथा गोरखा नेपाली कम्युनिटीले आसफोर्ड केन्टमा आयोजना गरेको कार्यक्रम अध्यक्ष चक्रबहादुर राईको अध्यक्षतामा भएको थियो ।
महासचिव रामप्रसाद लिम्बुले संचालन गरेको सो कार्यक्रममा विभिन्न सामाजिक संस्थाका स्थानीय प्रतिनिधि साथै सो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कप्रसाद छन्त्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने अर्का उपाध्यक्ष डम्बर सिंगकले हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी दिए । कार्यक्रममा अतिथिहरुका तर्फबाट नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगरले शुभकामना मन्तब्य दिएका थिए ।
सो अवसरमा बोल्दै अध्यक्ष राईले आसफोर्डबासी नेपालीहरुको सुख स्वास्थ्य उन्नतिको कामना गर्दै कम्युनिटीको घर किन्ने योजना चाँडै पूरा हुने विश्वास व्यक्त गरे ।
दोस्रो चरणमा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । गायकहरु गंगाराज राई, विसी राई, कमल राई, थिर थापाले गीत प्रस्तुत गरेका थिए भने करिश्मा राई, ईक्शा लिम्बु, स्मृति राई, मुकुन लिम्बु, सञ्जिता राई आदिले नृत्य देखाए । साँस्कृतिक कार्यक्रमको सञ्चालन उपाध्यक्ष सीता पुनले गरेकी थिइन् ।
तस्वीरहरु- गोलमान गुरुङ
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी चिडियाखानामा
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए