बैङ्कक, १३ चैत – थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन् । सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरुले गठबन्धन बनाएका हुन् । यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ ।
निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला केही पार्टीहरुले गठबन्धन बनाएर सरकार बनाउने कसरत सुरु गरेका हुन् ।
स्वेच्छिक निर्वासनमा रहनुभएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टी सहित अन्य छ पार्टी गठबन्धनमा छन् ।
“हामीले सरकार बनाएर शक्तिको दुरुपयोग रोक्न चाहन्छौँ,” फिउ थाइको तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले पत्रकारहरुसँग भन्नुभयो ।
उहाँले थप्नुभयो, “लोकतन्त्रको पक्षधर पार्टीहरुलाई नै जनताले साथ दिएका छन्, विश्वास गरेका छन् ।”
गत आईतबार भएको मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रुपमा अहिले सम्म पनि सार्वजनिक गरिएको छैन ।
कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ । निर्वाचन आयोगका अधिकारीले भने ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन् ।
यही बीचमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाउनु भएको छ ।
सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएको देखिएको छ।
कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन् । उनीहरुले अनुगमनका क्रममा देशव्यापी रूपमा मत किनबेच भएको थाहा पाएको जनाएका छन् ।
सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकहरूबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता रहेको छ ।
कुल ७५० सिट रहेको थाइल्यान्डको संसदको तल्लो सदनमा ५०० जना निर्वाचनमार्फत छानिन्छन भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले सांसदहरू मनोनीत गर्ने व्यवस्था छ ।
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर