ओस्लो, १० चैत– नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।
पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।
भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो । नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो । मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सूचना पठाएका थिए ।
विषम मौसमी अवस्था आएपनि उद्धारकर्मीहरुले हेलिकप्टरको प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए । प्रहरी प्रमुख टोर आन्द्रे फ्रान्कले भन्नुभयो, ‘दुर्घटनाको संघारमा पुगेको जहाजमै यात्रुलाई छाड्नुभन्दा जसरी पनि उनीहरुलाई जमिनमा ल्याउनु बुद्धिमानी सम्झेर हामीले निकै चुनौतीबीच उद्धारकार्य थालेका हौं ।’
आइतबार बिहानसम्म पानीजहाजका चारमध्ये तीनवटा इन्जिन पुनः चलाउन सफलता मिलेको थियो ।
अधिकारीहरुले उद्धार गरिएकामध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ । उद्धारका लागि पाँचवटा हेलिकप्टर र अरु जहाज प्रयोग गरिएका थिए ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल