
पाँचौं साफ महिला फुटबल प्रतियोगिताको शुक्रवार भएको फाईनल खेलमा नेपाल विरुद्ध गोल पछि खुशी हुँदै भारतीय खेलाडी । उक्त खेलमा भारतले नेपाललाई ३१ ले पराजित गरेको थियो । तस्वीर – मनोज दाहाल, विराटनगर, रासस
विराटनगर, ८ चैत – पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो । नेपाल चौथो पटक उपाधिबाट वञ्चित भएको छ ।
विराटनगरको शहीद रङ्गशालामा भएको खेलमा पहिलो गोल भारतकी डालिमा छिब्बरले २६औँ मिनटमा गरेकी थिइन् । खेलको ३३औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गरी खेललाई बराबरीमा पुरयाएकी थिइन् । खेलको ६३औँ मिनेटमा ग्रेस डाङमेयीले गोल गरी भारतलाई २–१ को अवस्थामा पुरयाइन् । खेलको ७८औँ मिनेटमा भारतकी अञ्जु तामाङले आफ्नो देशका लागि तेस्रो गोल गरिन् ।
नेपालले खेल अवधिभर पाएको अवसरको सदुपयोग गर्न सकेन । खेलमा भारतकी डालिमा छिब्बर उत्कृष्ट खेलाडी घोषित भइन् । प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी र भारतकी इन्दुमती कथिरेशनले सर्वाधिक ४–४ गोल गरे । बङ्गलादेश अनुशासित टोलीका रुपमा पुरस्कृत भयो । नेपाल साफ महिला फुटबलमा चार पटक फाइनलमा पुगेको छ । शुरुआतका तीन संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । चौथो साफमा समेत नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग