लन्डन । मदन पुरस्कार बिजेता तथा सामाजिक अभियन्ता राधा पौडेल बेलायत भ्रमणमा खुबै व्यस्त भइन् । उनीसंग साक्षात्कार गर्न इच्छुक संघसंस्था र व्यक्ति धेरै नै भए ।
एनआरएनए यूके, तमुधिं यूके, मगर संघ यूके, ग्रेटर रेडिङ नेप्लीज कम्युनिटी, बेजिङस्टोक नेप्लीज कम्युनिटी, बेजिङस्टोक टेक्नोलोजी कलेज, क्रेनबोर्न कलेज लगायतले राधासंग साक्षात्कार गरे ।
१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ब्रिटिस एकेडेमी र लिभरपुल जोनमुर युनिभर्सिटीको संयुक्त निमन्त्रणामा बेलायत आएकी थिइन् राधा । बेलायत बसाईका क्रममा ब्रिटिस एकेडेमी र लिभरपुल युनिभर्सिटीको अफिसियल प्रिजेन्टेशन सकिए पश्चात उनले नेपाली समुदाय र विभिन्न स्थानीय कलेजहरुमा आयोजित अन्तरक्रियामा भाग लिइन् । लिभरपुल युनिभर्सिटी र राधा पौडेल फाउन्डेसनले ‘डिग्निटी वीदाउट डेन्जर रिसर्च’ प्रोजेक्टमा संयुक्त रुपमा काम गरिरहेका छन् ।
सोआस युनिभर्सिटी अफ लन्डनका प्रोफेसर र मास्टर्स गरिरहेका विद्यार्थीहरुसंग पनि उनले हिन्दु धर्म ग्रन्थमा महिलाहरुको अवस्था र महिनावारी सम्बन्धी भ्रमपूर्ण रुढीवादी मानसिकता बारे अन्तरकृया र छलफल गरिन् ।
छाउपडी प्रथा विशेष गरि नेपालको सुदुर पश्चिममा मात्र छ भन्ने भ्रम नेपालीमा भएपनि त्यो सुदुर पश्चिममा मात्रै नभएर स्वदेश लगायत विदेशमा जहां जहां नेपाली छन् त्यहां भएको कुरा उनले प्रष्ट पारिन् । उनकै शब्दमा, फरक यत्ति छ सुदुर पश्चिममा छाउगोठमा महिलाहरुलाई राखिन्छ भने शहर बजार र विदेशमा कोठाको एउटा कुनामा राखिन्छ । सो प्रथा अन्त्य गर्नुपर्ने र महिनावारीको रगत अपवित्र होइन् भन्ने कुरा उनले प्रष्ट्याइन् । यसबारे उनले आफ्नो नयां कृति ‘अपवित्र रगत’ मा पनि खुलेर चर्चा गरेकी छन् ।
ब्रिटिश एकेडेमी र लिभरपुल युनिभर्सिटीको कार्यक्रमपछि भएका आधा दर्जन बढि कार्यक्रमको संयोजन बेजिङस्टोक नेपलीज कम्युनिटीकी सल्लाहकार एवं तमुधिं यूकेकी आजीवन सदस्य समाजसेवी सुधा गुरुङले गरेकी थिइन् ।
‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ बारे गत आइतबार तमु धिं यूके मिचेट भवनमा सम्पन्न अन्तरक्रियामा विभिन्न उमेर समूहका करिब सय बढि महिला तथा पुरुष सहभागी थिए । उनले कार्यक्रममा पावर प्वइन्टमार्फत आफ्नो प्रिजेन्टेशन पनि देखाइन् । कार्यक्रममा राधाले गत महिना मात्रै सार्वजनिक गरिएको आफ्नो पुस्तक ‘अपवित्र रगत’ बारे चर्चा गरिन् । राधाले उक्त पुस्तकमा आफूले भोगेका र गाउं ठाउं डुल्दा देखे भोगेका प्रसंग लेखेकी छन् । त्यसपछि सहभागीहरुले प्रश्नोत्तर गर्दै महिनावारीबारे आ आफ्नो अनुभव सुनाएका थिए । महिनावारीबारे प्रचलित रुढीवादी परम्परा र संस्कारलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने समयको माग र आवश्यकता भएको उनले बताउने गरेकी छन् ।
उनले त्रिभुवन विश्वविद्यालय र फिलिपिन्सको मनिलाबाट ट्रिपल मास्टर्स गर्नुका साथै मर्यादित महिनावारीबारे पिएचडी गर्ने अन्तिम तयारी पनि गरिरहेकी छन् ।
राधाका शान्तिका पाइलाहरु (कविता संग्रह), मर्यादित महिनावारी सबैको जिम्मेवारी (हयान्ड बुक) र खलंगामा हमला कृति प्रकाशित छन् । उनले नेपालको ६२ वटा जिल्लामा पुगेर सेवा पुरयाइसकेकी छन् भने करिब डेढ दर्जन मुलुकका युनिभर्सिटीहरुमा मर्यादित महिनावारीबारे प्राध्यापन गराइसकेकी छन् । सोही क्रममा सन् २०१५ मा बेलायत आउंदा उनले विश्व प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटी, क्याम्ब्रीज युनिभर्सिटी, युनिभर्सिटी अफ एसेक्स्मा पनि सोबारे प्राध्यापन गराइन् । देश तथा विदेशमा मर्यादित महिनावारीबारे अभियान चलाउने उनी नै पहिलो महिला हुन् ।
उनले सामाजिक अभियानमा एनपिस अवार्ड, वुमन पिस मेकर अवार्ड, प्रतिभाशाली सामाजिक पुरस्कार, खलंगामा हमलाका लागि मदन पुरस्कार प्राप्त गरेकी छन् ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम