काठमाडौँ, १ चैत – नेपाली क्रिकेटले कहिल्यै नभुल्ने मिति हो मार्च–१५ अर्थात एक दिवसीय मान्यता पाएको दिन । ठीक एक वर्षअघि आजकै दिन नेपालले जिम्बावेमा भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट चार वर्षका लागि वान डे मान्यता पाएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको २२ वर्षपछि नेपाली क्रिकेटले उक्त ऐतिहासिक सफलता पाएको थियो । उक्त सफलता नेपाली क्रिकेट र खेलकूद जगतले सधैँ सम्झने गर्छ । उक्त सफलताले सारा नेपालीलाई खुसी दिलाएको थियो । त्यसैले नेपाली खेलप्रेमीले मार्च १५ लाई सधैं सम्झने गर्छन् ।
एकदिवसीय मान्यता पाएको एक वर्षभित्र नेपालले एकदिवसीय र टी–२० शृङ्खला समेत जितिसकेको छ । गत महीना नेपालले युएईविरुद्ध एक दिवसीय र टी–२० शृङ्खला जितेर एकदिवसीय मान्यताको सार्थकता पूरा गरिसकेको छ ।
गत वर्ष मार्चमा चार वर्षका लागि पहिलो पटक एक दिवसीय मान्यता पाएपछि नेपालले अगष्टमा नेदरल्याण्डसँग पहिलो एक दिवसीय शृङ्खला खेलेको थियो । दुई खेलको उक्त ऐतिहासिक शृङ्खला नेपालले १–१ को बराबरीमा टुङ्गायो ।
ऐतिहासिक शृङ्खला खेलेको झण्डै छ महीनापछि नेपालले युएईसँग अघिल्लो महीना टि–२० र एक दिवसीय शृङ्खला खेलको थियो । ती दुवै शृङ्खला नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।
डिभिजन ५ बाट यात्रा थालेको नेपालले त्यसअघि सन् २०१४ मा विश्वकप छनोट खेल्दै एकदिवसीय मान्यताको लागि प्रयास गरेको थियो तर, न्यूजिल्याण्डमा भएको उक्त छनोटमा कमजोर प्रदर्शन गरेपछि नेपाल नवौँ स्थानमा सीमित हुँदै डिभिजन ३ मा घटुवा भएको थियो । त्यसबेला हङकङ, युएई, स्कटल्याण्ड र पपुवा न्यूगिनीले एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेका थियो ।
नेपालले एकदिवसीय मान्यता पाएको दिन सम्झँदा विश्वकप छनोटसम्म पुरयाउने महत्वपूर्ण भूमिका खेलेका करण केसीलाई समेत सबैले सम्झने गर्छन् । डिभिजन २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा एक विकेटको सनसनी जितमा करण नायक बनेका थिए ।
चुनौती एक दिवसीय मान्यता जोगाउन
चार वर्षका लागि पाएको एक दिवसीय मान्यता जोगाउन नेपाललाई निकै चुनौती छ । निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द क्यान निलम्बन, पूर्वाधार निर्माणमा ढिलासुस्तीलगायत कारण नेपालले एक दिवसीय मान्यता जोगाउन अप्ठेरो पर्ने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “घरेलु क्रिकेटको व्यवस्थापनदेखि संरचनासम्म सबै अन्योलग्रस्त अवस्थामा छ, हामीलाई एक दिवसीय मान्यता जोगाउन निकै कठिन छ ।” एक दिवसीय मान्यता जोगाउन तत्काल प्रदेशस्तरीय खेल संरचना बनाउन शुरु गर्नुपर्ने र नयाँ पुस्ताका खेलाडी उत्पादनमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीको हेरचाहलगायतमा प्रफेसनल सेटअप गर्नुपर्ने चुनौती नेपालसामु रहेको बताउनुभयो । उहाँले भन्नभयो, “राम्रो संरचना बनाएर अघि बढ्ने हो भने एक दिवसीय मान्यतालाई चार वर्षमात्र होइन सधैँ कायम राख्न सकिन्छ ।”
राष्ट्रिय टोलीका कप्तान पारस खड्काले क्रिकेट पदाधिकारी र सरोकारवालाले जिम्मेवारी पूरा गर्न सके एक दिवसीय मान्यता जोगाउन सकिने तर्क गर्नुभयो । “सरकार र आफूलाई क्रिकेटका स्टेक होल्डरले आफ्नो जिम्मेवारी पूरा नगर्दा नेपालले पाएको सफलता गुम्ने खतरा छ, क्रिकेटको विकास लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनउन सके एक दिवसीय मान्यता जोगाउन सकिन्छ”, कप्तान खड्काको भनाइ छ ।
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु