प्योङयाङ, २ चैत– उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ट अधिकारीले बताएका छन् । साथै, नेता किमले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षणलाई स्थगन गर्ने बारेमा पनि निर्णय लिनु हुनेछ ।
उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोईमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको पनि बताउनुभयो ।
उत्तर कोरियाकी उपविदेश मन्त्री चो सोन हुईले प्योङयाङमा विदेशी कुटनीतिज्ञ एवं संवाददाताहरुलाई सम्बोधन गर्दै हनोई शिखर वार्तामा कुनै सहमतिमा हस्ताक्षर नभएकामा उत्तर कोरिया दुःखी भएको बताउनुभयो ।
उहाँले संयुक्तराज्य अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनः शुरु गर्ने सम्भावना नरहेको पनि स्पष्ट गर्नुभयो ।
हनोई वार्तामा समेत सहभागी उपविदेश मन्त्री चोले अमेरिकी वार्ता प्रक्रियाबाट उत्तर कोरियाली नेता अचम्भित भएको पनि बताउनुभयो । अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भएपनि विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हठपूर्ण मागहरुले वार्ता बीचमै भङ्ग भएको बताउनुभयो ।
अमेरिकी राष्ट्रपतिका वरिष्ट सल्लाहकारबाट आइरहेका वक्तव्यहरुले पनि वातावरणलाई थप बिगारेको उहाँले बताउनुभयो ।
वासिङ्टनमा पोम्पेओ र बोल्टनले उत्तर कोरियाली आरोपको खण्डन गरिसकेका छन् । “उनीहरुले भनेको कुरामा सत्यता छैन । म पनि त्यहीँ थिएँ,” पोम्पेओले भन्नुभयो । बोल्टनले ट्रम्प नै आखिरी निर्णयकर्ता रहेको बताउनुभयो ।
विदेशमन्त्री पोम्पेओले अमेरिकाले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षण स्थगन गर्ने किमको प्रतिज्ञालाई ट्रम्पले विश्वास गरेको पनि स्पष्ट गर्नुभयो । “हनोईमा उहाँले धेरैपटक राष्ट्रपतिसँग कुराकानी गर्नुभएको थियो र आणविक परीक्षणलाई पुनः थालनी नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,” पोम्पेओले भन्नुभयो । “त्यही नै अध्यक्ष किमका शब्द हुन् । हामी अझै पनि किमले त्यो प्रतिबद्धता पूरा गर्ने विश्वासमा छौं ।”
तनावका बाबजूद उपविदेश मन्त्री चोले दुई नेताबीचको व्यक्तिगत सम्बन्ध अझै पनि राम्रो रहेको बताउनुभयो ।
उत्तर कोरियाली नेता किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचनका बारेमा जतिसक्दो चाँडो जवाफ दिनुहुनेछ, चोले भन्नुभयो ।
हनोई वार्तामा अमेरिकी अधिकारीहरुको ग्याङ–शैलीको प्रस्तुति कुनै पनि हालतमा स्वीकार्य नहुने उत्तर कोरियाली नेता किमले बताउनुभएको पनि मन्त्री चोले उल्लेख गर्नुभयो ।
मन्त्री चोले अमेरिकी राष्ट्रपति ट्रम्पले हनोई वार्तापछि आयोजित पत्रकार सम्मेलनमा उत्तर कोरियाले आफू विरुद्धका सम्पूर्ण प्रतिबन्धहरु फुकुवा गर्नुपर्ने शर्त राखेको र त्यसमा सहमत हुन नसकिएको भन्ने भनाईमा सत्यता नरहेको पनि स्पष्ट गर्नुभयो ।
उहाँले उत्तर कोरियाले तत्कालका निम्ति आम नागरिकको जीवनसँग जोडिएका प्रतिबन्धहरु मात्र फुकुवा गर्न वार्तामा प्रस्ताव गरिएको बताउनुभयो ।
मन्त्री चोले आमजनता, सैनिक र जङ्गी उद्योगका अधिकारीहरुले किमलाई पत्र लेखी आणविक कार्यक्रम यत्तिकै नत्याग्न अनुरोध गरिरहेको पनि बताउनुभयो । तर नेता किम आपसी विश्वास र आपसी सहमति निर्माण गर्ने उद्देश्य साथ हनोई जानुभएको बताउनुभयो ।
मन्त्री चोले भन्नुभयो, “मैले पनि बुझ्न सकिरहेकी छैन किन अमेरिका भिन्न धारणाका साथ प्रस्तुत भयो । हामीले कहिल्यै प्रतिबन्धहरु पूर्ण रुपमा फुकुवा गर्न भनेकै थिएनौं । यस पटक हामीले सुस्पष्ट रुपमा के बुझेका छौं भने संयुक्तराज्य अमेरिकाले हाम्रा विषयमा ज्यादै भिन्न किसिमले अध्ययन गरिरहेको छ ।”
उत्तर कोरियाले तत्कालै क्षेप्यास्त्र वा आणविक अस्त्र परीक्षण गर्ने तयारी गरिरहेको भन्ने समाचारका बारेमा एक कुटनीतिज्ञले सोधेको प्रश्नमा मन्त्री चोले भन्नुभयो, “आणविक अस्त्र परीक्षण स्थगन वा सुचारु गर्ने विषयमा निर्णय लिने मुख्य अधिकारी नेता किम नै हो । उहाँले छोटो अवधिमा पनि यस विषयमा निर्णय लिन सक्नुहुन्छ ।”
करिब एक घण्टा चलेको उक्त कार्यक्रममा पत्रकारहरुलाई भने प्रश्न गर्न अनुमति दिइएको थिएन ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी