वार्सा, २६ फागुन – उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गर्नुभएको छ ।
वार्सामा भएको युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उहाँले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न अत्यावश्यक रहेको बताउनुभएको हो ।
‘युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ तर पनि यो बजेटले हालको रक्षा खर्चको प्रतिस्थापन गर्ने भने होइन बरु अरु थप सहयोगको मात्रा बढाउने हो’, उहाँले भन्नुभयो ।
यो दुवै खर्च नै नेटोका लागि आवश्यक रहेको उहाँले बताउनुभएको थियो । उहाँले हाल नेटोका लागि रक्षा खर्चमा कमी आएको बताउदै कमी भएको खर्चका लागि आवश्यक रकम युरोपका देशले बढाउनुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय ती देशले नेटोको संरचना निर्माण, आधारभूत अन्य आवश्यकता पूरा गर्ने काममा लिएको अग्रसरताप्रति भने महासचिव स्टोल्टनबर्गले प्रसंशा गर्नुभयो ।
रक्षा खर्चको कोष निर्माणका लागि पनि युरोपका देशले राम्रो अग्रसरता लिएको र यसले आगामी दिनमा नेटोको रक्षा खर्चको दिगोपनाका लागि सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उक्त सम्मेलनमा रक्षासम्बन्धी सत्रमा उहाँले सम्बोधन गर्नुभएको थियो । महासचिव स्टोल्टनबगसँगै सो सत्रमा जर्मनीका रक्षामन्त्री पनि सहभागी हुनुभएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी