भियना । गैर आवासीय नेपाली संघ महिला फोरम अष्ट्रियाले १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । अष्ट्रियाको भियनामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।
बेटर फर ब्यालेन्स भन्ने अन्तर्राष्ट्रिय नारालाई समेट्दै गरिएको सो कार्यक्रमको औपचारिक उद्घाटन अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुवेदी, गैर आवासीय नेपाली संघ युरोप क्षेत्रकी महिला संयोजक संगीता मरहट्टा, एनआरएनए महिला फोरम अष्ट्रियाकी महिला संयोजक भवानी तिवारी र एनसीसी अष्ट्रियाका अध्यक्ष जीवनजंग कुंवरले संयुक्त रुपमा गरेका थिए ।
सम्बोधनका क्रममा प्रमुख अतिथि राजदूत सुवेदीले महिला फोरम अष्ट्रियाले अष्ट्रियावासी महिलाहरुका लागि गरेको कामको प्रशंसा गर्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रमकी विशेष अतिथि एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक संगीता मरहट्टाले युरोप क्षेत्रमा रहेका महिला फोरमहरुले अत्यन्तै सक्रिय भूमिका निभाइरहेको बताउंदै युरोप क्षेत्रले कोष संकलन तथा महिला सशक्तिकरणका क्षेत्रमा अब्बल काम गरिरहेको बताइन् । उनले यस अभियानमा अत्यन्त थोरै संख्यामा नेपालीहरु रहेको अष्ट्रियामा महिला फोरमले गरिरहेको गतिविधि अत्यन्तै प्रशंसनीय रहेको पनि बताइन् । उनले महिला फोरमले अन्तर्राष्ट्रिय स्तर र युरोप क्षेत्रमा महिला स्वास्थ्य, सीपमुलक तालिम तथा भावी कार्यक्रमहरुका बारेमा पनि प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रम सभापति तथा महिला फोरम अष्ट्रियाकी महिला संयोजक भवानी तिवारीले विविध अप्ठ्यारोका बाबजुद महिला फोरम अष्ट्रियाले वान युरो परियोजना लगायतका काम सफल रुपमा अघि बढाइरहेको र महिला सहभागितामा अत्यन्त वृद्धि हुंदै गइरहेको जनाइन् । उनले १०९ औं अन्तराष्ट्रिय नारी दिवस सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिइन् ।
एनआरएनए एनसीसी अष्ट्रियाका अध्यक्ष जीवन जंग कुंवरले अन्तर्राष्ट्रिय नारी दिवस पहिलो पटक मनाउने देशमध्ये अष्ट्रिया पनि एक रहेको इतिहास स्मरण गर्दै एनआरएनए एनसीसी अष्ट्रियाले महिला फोरमका गतिविधिमा सधैं सहयोग गर्दै आएको बताए ।
बालबालिकाहरुको सुन्दर नृत्यहरु समेटिएको सो कार्यक्रममा संघर्षका पाइलाहरु नामक वैदेशिक रोजगारीमा महिलाहरु ठगिएको विषयमा चेतनामुलक लघुनाटक प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा एनआरएनए अष्ट्रियाका संस्थापक अध्यक्ष शुभ राणा, प्राध्यापक डा अल्का आत्रेय, एभरेष्ट बैंककी शाखा निर्देशक हिमाली उपाध्याय, जनजाती महासंघ अष्ट्रियाकी उपाध्यक्ष अनिता भुजेल, नेसास अष्ट्रियाकी मन्जु खड्काले मन्तव्य दिएका थिए भने एनसीसी अष्ट्रियाकी महिला उपाध्यक्ष नीरा लामिछानेले स्वागत मन्तव्य दिएकी थिइन् ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा