नयाँ दिल्ली, भारत, २६ फागुन – भारतीय लोकसभाको निर्वाचन मिति आइतबार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो ।
मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण एवम् स्वच्छरूपमा सम्पन्न गर्न दलहरूलाई आयुक्त आरोडाले आग्रह गर्नुभयो । उहांका अनुसार निर्वाचन सात चरणमा हुनेछन् ।
अप्रिल ११ मा पहिलो चरणको निर्वाचन हुनेछ भने १९ मेसम्म सातौ चरणको निर्वाचन हुनेछ भने सबै निर्वाचनको परिणाम मे २३ मा सार्बजनिक गरिने भारतीय निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरण अर्थात् अप्रिल ११ मा हुने निर्वाचनबाट २० राज्यका ९१ जनप्रतिनिधिको चयनका लागि मतदान हुनेछ भने दोस्रो चरणमा अप्रिल १८ मा १३ राज्यका ९७ सीटका लागि मतदान गरिनेछ ।
त्यस्तै १४ राज्यका ११५ लोक सभा सदस्यका लागि आगामी अप्रिल २३ मा तेस्रो चरणको मतदान हुने निर्वाचन आयोगले तोकेको छ । चौथो चरणको निर्वाचन अप्रिल २९ मा ९ राज्यका ७१ सीटका लागि मतदान हुनेछ भने पाँचौँ चरणको निर्वाचन मे महिनाको ६ तारिखमा सात राज्यमा ५१ सीटका लागि निर्वाचन गरिने छ । त्यस्तै छैठौँ चरणमा सात राज्यका ५९ र सातौँ चरणमा आठ राज्यका ५९ सदस्यका लागि क्रमशः मे १२ र मे १९ मा मतदान गरिने निर्वाचन आयोगले बताएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि निर्वाचनमा भाग लिने घोषणा गरिसक्नुभएको छ । त्यस्तै प्रतिपक्षी दल भारतीय कांग्रेसले पार्टीका अध्यक्ष राहुल गान्धीको नेतृत्वमा निर्वाचनमा जानेछ ।
लोकसभा निर्वाचनका लागि झण्डै ९० करोड नागरिक मतदानका लागि योग्य छन् । भारतमा जम्मा एक अर्ब २५ करोड जनसङ्ख्या छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल