लन्डन । ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बीजीडब्ल्युएस) ले बेलायत सरकारले यसै साता सार्वजनिक गरेको गोर्खा भूतपूर्व सैनिक सम्बन्धी विशेष प्याकेजमार्फत एकै ढुंगाले दुईटा चरा मारेको टिप्पणी गरेको छ ।
सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवानले
’माइरिपब्लिका’ मा एक लेख लेख्दै बेलायत सरकारले सन् २०१६ देखि वार्षिक पेन्सन वृद्धि नगरी अहिले एकैपटक घोषणा गर्दा जनतामा धेरै रकम दिएको भान पारेको बताएका छन् । सरसर्ती हेर्दा बेलायतले पूर्व गोर्खाहरुका लागि ठूलो रकम दिएको देखिए पनि भारतीय पेन्सनवापत भित्रिने रकमसित तुलना गर्दा रमाइलो लाग्ने उनको धारणा छ ।
नेपालमा विभिन्न च्यारिटी मार्फत बेलायत सरकारले सहयोग गरेको देखाए पनि गोर्खाहरुले पाउनुपर्ने रकमको दांजोमा त्यो अझै अपर्याप्त भएको देवानले बताएका छन् । बृद्ध गोर्खा पेन्सनरहरुको समान पेन्सन पाउने आशा अब आशामै बित्ने हो कि भन्ने आशंका पनि उनले गरेका छन् ।
बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यांकास्टरले विशेष प्याकेज घोषणा गर्दा सन् २००७ यता भर्ती भएका गोर्खाहरुलाई एउटै सेवा शर्त दिएको उल्लेख गरेकोमा उनले सन् २००७ यता नभई १९९७ देखि नै एउटै सेवा शर्त दिने गरिएको बताएका छन् ।
गोर्खाहरुको सेवा शर्तका बारेमा त्रिपक्षीय सन्धिलाई मन्त्री ल्यांकास्टरले उल्लेख गरेकामा देवानले सोही सन्धि अन्तर्गत भारतीय सेनामा गोर्खामाथि असमान व्यवहार नभएको तर बेलायतले भने सो समझदारीको भावनाको उल्लंघन गरेको आरोप लगाएका छन् ।
मन्त्री ल्यांकास्टरले गोर्खा सैन्यले बेलायती सैन्यको दांजोमा धेरै सेवा सुविधा पाएको उल्लेख गरे पनि सन् १९७५ यता दुई वर्ष सेवा गरेका बेलायती सैनिकहरु ‘प्रिजर्भ पेन्सन’ का लागि योग्य हुने गरे पनि गोर्खाहरुलाई सो सुविधा नदिइएको देवानले प्रष्ट गरेका छन् ।
सन् २०१६ मा भारतीय सरकारले इण्डियन पे कमिसन ७ मार्फत भारतीय सेनाको पेन्सन बढाएको थियो । त्यसको तीन वर्षपछि कुनै कारण नदिई बेलायत सरकारले बल्ल १० देखि ३४ प्रतिशत पेन्सन वृद्धि गरेको देवानको टिप्पणी छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ