काठमाडौँ, १९ फागुन – क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् ।
पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । यस अवार्डको विजेता खेलाडीले अवार्डसँगै रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् ।
क्रिकेटकै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, सरिता मगर, इन्दु बर्मा, करुणा भण्डारी र सिता राना मगर मनोनयनमा परेकी छिन् । त्यसैगरी उदयमान क्रिकेट खेलाडीमा कविता कुँवर, अविनाश बोहरा, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा परेका छन् ।
सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड, वर्ष महिला खेलाडी, वर्षको १० उत्कृष्ट क्षण र उदयमान खेलाडीको विजेता खेलाडीले रु ६६ हजार प्राप्त गर्नेछ । सिप्यानले पाँच विधाको अवार्ड यही फागुन २१ गते प्रदान गर्ने जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता