
क्रेमलिन, मस्को बैठकमा रसियाली राष्टपति भ्लादिमिर पुटिन (दायां) विदेशमन्त्री सर्गेइ लाभरोभको कुरा सुन्दै । फाइल तस्विर- एपी
मस्को, १९ फागुन (रासस/एएनआई) – भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको घोषणापत्र अनुसार दुई देशका लागि समन्वयकारी भूमिका खेल्न तयार रहेको रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले शनिबार बताउनु भएको हो ।
विदेश मन्त्री लाभरोभले जारी गरेको वक्तव्यमा भेनेजुएलाका बारेमा आफूले अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफल गरेको उल्लेख गर्नु भएको छ ।
लाभरोभले पोम्पेओसँग टेलिफोनमा कुराकानी गर्दै भेनेजुएलाको अवस्था, सङ्कट समाधानको उपायलगायतका बारेमा कुराकानी गरेको पनि जानकारी दिनु भएको छ ।
“भेनेजुएलाका बारेमा मैले वासिङ्टनसँग छलफल गरेको छु, अमेरिकासँग भेनेजुएलाको सङ्कट समाधानको निकास निकाल्न सकिन्छ, तर राष्ट्रसंघीय घोषणापत्रलाई भने मान्नु पर्दछ,” लाभरोभले वक्तव्य मार्फत् भन्नुभएको छ ।
संयुक्तराज्य अमेरिकाले विपक्षी नेता गुएइदोलाई मान्यता दिँदै उहाँको नेतृत्वका लागि कुटनीतिक अभियान चलाएको छ ।
रूसले भेनेजुएलाको सरकारलाई दिँदै आएको सहयोगलाई जारी राख्ने पनि रूसी विदेश मन्त्री लाभरोभले बताउनुभएको छ ।
“हामीले अत्यधिक निकटमा रहेर भेनेजुएलाको समस्याबारे अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य र समन्वय गर्दै अघि बढ्नेछौँ,” लाभरोभले भन्नुभयो ।
उहाँले थप्नुभयो, “वर्तमान समयमा भेनेजुएलाको आन्तरिक मामिलामा निर्लज्जरूपमा वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र यसमा उसलाई सहयोग गर्नु महत्वपूर्ण कार्य हो ।”
आर्थिक तरलताले विक्षिप्त बनेको भेनेजुएलामा प्रतिपक्षी नेता हुँवा गुएइदोले गत जनवरीमा आफूलाई स्वघोषित रूपमा अन्तरिम राष्ट्रपति घोषणा गरेका कारण उक्त मुलुक राजनीतिक सङ्कटतर्फ गइरहेको छ । मदुरोले वैधानिकता गुमाएको दावी गुएइदोले गर्दै आउनुभएको छ ।
मदुरो र उहाँका रूस लगायतका सहयोगीले भेनेजुयलाको सरकारविरूद्ध वासिङ्टनले राज्य विद्रोह ‘कू’ प्रयास गराएको आरोप लगाउँदै आएको छ ।
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण