लन्डन । मिसेस नेपाल यूके २०१८ टिमले लन्डनमा नारी दिवस मनाउने भएको छ । आगामी २३ मार्च शनिबार अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारीमा श्रीमति सुन्दरीहरु जुटेका हुन् । हयारो बरो फुटबल क्लवमा सांझ ५ बजे देखि हुने कार्यक्रममा नारी दिवसको महत्व, महिला सशक्तिकरण मुद्दाबारे प्रवचन, मिसेस नेपाल यूके २०१८ विजेताहरुको प्रिजेन्टेसन, क्याटवाक र सांस्कृतिक कला देखाइनेछ ।
मिसेस नेपाल यूके २०१८ बिनु लामिछाने घिमिरेले उक्त कार्यक्रममा सहभागिताका लागि सबैमा अपिल गरेकी छन् । बिनु र ब्युटी फर चेन्ज सुनिता श्रेष्ठको संयोजनमा नारी दिवस पृथक रुपमा मनाउन लागिएको हो ।
कार्यक्रम आयोजक कमिटीमा निरु कोइराला, बन्दना केसी, सबिता श्रेष्ठ थापा, सबु सेन्चुरी, सन्तोषी कार्की, अन्सु बस्नेत, अमिका भण्डारी, स्वस्तिका लोहनी, मुना राउत, रिमा कंडेल, मिसेस नेपाल यूके २०१७ आस्था जोशी बटाजु लगायतको प्रत्यक्ष सहभागिता रहने छ । कार्यक्रममा समुदायको हितका लागि काम गर्ने महिला अभियन्ताहरुलाई सम्मान गर्ने योजना पनि रहेको बिनुले बताइन् ।
लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल यूके प्रतियोगिता गर्दै आएकी छन् र अहिलेको दोश्रो संस्करण हो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न