
भियतनामी सैनिकहरु दोङदाङ रेल स्टेशन नजिक सुरक्षार्थ खटिंदै । उत्तर कोरियाली नेता किम यही स्टेशन हुंदै आउने अपेक्षा छ । तस्विर एएफपी
दोङदाङ, भियतनाम, १३ फागुन – उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उहाँ सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै हुनुहुन्छ । उहाँको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ ।
किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ । उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दै हुनुहुन्छ ।
उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दै हुनुहुन्छ । दोङदाङबाट किमलाई सडक मार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राका क्रममा उक्त सडकखण्ड पूरै बन्द गरिनेछ ।
किम शनिबार नै रेल चढेर भियतनामतर्फ लाग्नुभएको हो । उहाँ चीनको राजधानी बेइजिङ हुंदै रेलमा भियतनाम पुग्नु हुनेछ । भियतनामका अधिकारीहरुले जनाएअनुसार उहाँ मङ्गलबार बिहानसम्ममा भियतनामको दोङदाङ शहरमा पुग्नु हुनेछ ।
उहाँले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लाग्नुभएको हो । उक्त दोङदाङ शहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ । त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन् ।
उहाँ भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी साधनमा अपरान्ह २ बजे भियतनामको राजधानी हनोई पुग्नुहुने कार्यक्रम रहेको छ ।
दोङदाङ शहरको रेलसेवा सर्वसाधारण नागरिकको लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन् । उनले आफूले उक्त क्षेत्रमा रेल सेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन् ।
साथै उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्ने बारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवत मङ्गलबारसम्म बन्द हुन सक्ने पनि बताएका छन् ।
उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोइ जान लाग्नु भएको हो । उहाँहरुबीच यो दोस्रो पटक भेटवार्ता हुन लागेको हो ।
हनोइमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मङ्गलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ ।
उहाँहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा