
लन्डन । बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटीन’ को आइतबार लन्डनमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा सफारी सिनेमा हल हयारोमा शो सम्पन्न भएको हो । उक्त शोमा चलचित्र निर्माण पक्ष, कलाकारहरु, समाजका प्रवुद्ध वर्ग एवं नेपाली सिनेप्रेमीहरुको सहभागिता थियो ।
कार्यक्रममा राजदूत डा. सुवेदी, दूतावास परिवार र अतिथीहरुलाई फिल्म निर्देशक, निर्माता प्रेम लामाले स्वागत गरेका थिए ।
फिल्म शुरु हुनु अघि राजदूत डा. सुवेदीले फिल्म निर्माण टिमलाई बधाइ तथा शुभकामना दिंदै बेलायत रहे पनि नेपाली पन, नेपाली मन, नेपाली कला संस्कृति, भाषा, भेषभूषा, नेपाल र नेपाली माटोलाई कहिल्यै नभुल्न आग्रह गरे । ‘एटीन’ का निर्देशक प्रेम लामाले फिल्म निर्माणमा सघाउनेप्रति कृतिज्ञता व्यक्त गर्दै बेलायतमै बनाइएको फिल्म हेरेर आफूहरुलाई सल्लाह, सुझाव एवं साथ दिन अपिल गरेका थिए ।
प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको उक्त चलचित्र अघि लामाले बेलायतबाटै तीन चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।
सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी यतै हुर्किएको दोस्रो पुस्ता बीच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । चलचित्र हेरेपछि समाजसेवी धनबहादुर तामाङले बेलायतमै यत्तिको फिल्म बन्नु सरहानीय भएको जनाउंदै फिल्म हेरेर आंशु नै आएको प्रतिक्रिया दिए ।

फिल्म शोमा समाजसेवी एवं व्यवसायी डा. कपिल रिजाल, सपनकुमार राई, खगेन्द्र नेपाली, कोमल मल्ल श्रेष्ठ, मदन थापा, उमेश मोक्तान, हरिसिंह थापा, आर के त्रिपाठी, धनबहादुर तामाङ, बासु लामिछाने, ब्रेन्ट काउन्सिलर भगवानजी चौहान, यती अध्यक्ष शशीधर नेपाल आदिको सहभागिता थियो ।

तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित ‘एटीन’ मा प्रसुना कंडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायतीहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय छ ।
पेशाले नर्स एवं मोडल, नाट्यकर्मी प्रसुना कंडेलको भूमिका होस् वा अग्रज सनमकुमार बैराग, प्रेम लामा अथवा उदयीमान कलाकारहरु राजदीप राई र अम्बिका राईको लिड रोल होस्, दर्शकले रुचाए ।
‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल.एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ र अरोण अशोक कुमारको छ ।
उक्त चलचित्र छिट्टै बेलायतका विभिन्न शहरमा देखाइने निर्माण पक्षले जनाएको छ ।
तस्विर- के के मूभिज
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न