लण्डन । मगर संघ युकेले मगर संघ स्थापना दिवसको दिनलाई मगर दिवसका रुपमा मनाएको छ । शनिबार अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रम गरी संघले मगर दिवस मनाएको हो ।
संघका अध्यक्ष नेम थापामगरको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेपाल मगर संघकी युके, युरोप तथा अमेरिका संयोजक शान्ति थापा कुँवर रहेकी थिइन् ।
कार्यक्रममा संघका स्वीण्डन, केन्ट, प्लमस्टिड, क्याट्रिक, रेडिङ, वेल्स, वेष्ट लण्डन, वेम्ब्ली, युएचएसबी, लण्डन शाखाहरु, पुन मगर समाज, धौलागिरी नौमती बाजा, खामभाषी मगर समाज लगायतले मगर सँस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए ।
कार्यक्रममा रमेश सराङकोटी र नरेश खपाङ्गीमगरले मगर दिवसका बारेमा, गोमा राना, भूमाया थापा, हिक्मतसिंह रोका, बेल बुढाथोकी र बिल श्रीशले मगर भाषा र भेषभूषाका बारेमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा युकेस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने मगर संघ क्यानाडाका अध्यक्ष चन्दा पुन, मगर संघ युएसएका उपाध्यक्ष लक्ष्मी राना, अखिल नेपाल खेलकुद महासंघका महासचिव कालीबहादुर घर्तीमगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मगर युथले मगर गट ट्यालेण्ट प्रस्तुत गरेको थियो । विभिन्न शाखाहरुले भाग लिएको सो प्रतियोगितामा वेष्ट लण्डन शाखाकी सलिना थापा प्रथम भइन् भने प्लमस्टिड शाखाका सरला रोका, बिन्ध्या पुन, सुमन पुन, दिलु थापा, रोशनी थापा र प्रिती थापाको समूह दोस्रो र वेम्ब्ली ब्राञ्चकी अनुसिंह पुन सारु तेस्रो भएका थिए । विजेताहरुलाई नगद पुरस्कार र ट्रफी दिइएको थियो ।
मगर गट ट्यालेण्टको निर्णायकहरुमा शशी थापा सुब्बा, सरु गुरुङ राना, दीप राना र सविता राना रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि शान्ति थापा कुँवर तथा एनआरएन उपाध्यक्ष प्रेम गाहाले शुभकामना मन्तब्य दिएका थिए भने कार्यक्रम संयोजक तथा मगर संघ युकेका उपाध्यक्ष अनिता रानाले स्वागत मन्तब्य र सचिव रुद्र थापाले हेल्थ एण्ड सेफ्टीका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमलाई महासचिव लाल पुन, सचिव रुद्र थापा, जानकी पुन, दिवस रोका, संगीता थापा र अनिल थापा, यमुना आले लगायतले संचालन गरेका थिए ।
कार्यक्रममा उच्च शिक्षा हासिल गरेका, पुस्तक, क्यासेट प्रकाशन गरेका, युकेस्थित विभिन्न समाज निर्वाचित भएका, बेलायती सैन्यमा उच्च ओहोदामा पुगेका मगरहरु र नेपालबाट आएका कलाकारहरु सरोज खनाल र गौरी मल्ल लगायतलाई सम्मान गरिएको थियो ।
यस्तै, नेपालबाट आएका कलाकार पवन राना, गायक गायिका मनसुधन थापा र कल्पना श्रीपाल, क्याप्टेन वीरबहादुर थापा, निकिता थापाले गीत तथा गीता पाइजा र बबी पाइजाले थाली नाच प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुले प्रत्यक्ष कौरा गाएर र नाचेर देखाएका थिए ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न