वासिङ्टन, संयुक्त राज्य अमेरिका, ११ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने बताउनुभएको छ ।
चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको बताउनुभयो ।
अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले विश्वका दुई अर्थतन्त्रबीच व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएको बताइएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । वार्ताले सकारात्मक दिशा नलिएमा अमेरिकाले मार्च १ देखि लागु हुनेगरी थप चिनियाँ सामानको मूल्यमा करवृद्धि गर्ने बताएको थियो ।
बिहीबार शुरू भएको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइथिजरको नेतृत्वमा अमेरिकी ट्रिजरी सेक्रेटरी स्टेभेन मनुचिनसहितको प्रतिनिधिमण्डल बेइजिङमा छ भने चिनियाँ उपप्रधानमन्त्री तथा राष्ट्रपति सीका विशेष प्रतिनिधि लिउ हेसहितको टोलीले चीनको प्रतिनिधित्व गरेको छ । उनीहरूबीच यस पहिले विभिन्न छ चरणमा छलफल भैसकेको छ ।
सहमति अनुसार आगामी हप्ता अर्थात् मार्च १ मा अमेरिकाले दुई खर्ब मूल्य बराबरको चिनियाँ सामानमा कर वृद्धि गर्ने बताइएको भएपनि राष्ट्रपति ट्रम्पले उक्त निर्णयलाई केही पछि सार्ने बताउनुभएको हो ।
ट्रम्पले भन्नुभयो, “हामी धेरै टाढा होइन छिट्टै नै व्यापार विवादबारे छलफलका लागि भेट गर्दैछौँ । सम्बवतः सी र मबीचको वार्ता यही मार्च महिनाभित्रै गर्ने सम्भावना छ ।”
चीनका राष्ट्रपति सीले पनि आफ्नो वार्ता टोलीमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्रमा व्यापार विवादबारे सहमतिका लागि सकारात्मक निकाशको सम्भावना देखिएको उल्लेख गर्नुभएको अमेरिकी राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
सीको पत्रलाई उद्धृत गर्दै एक चिनियाँ टेलिभिजनले पनि भनेको छ, “म अमेरिकी राष्ट्रपतिसँग विभिन्न तहबाट निकटमा बसेर व्यापार विवादलाई सल्टाउन तयार छु ।”
दूई ठूला अर्थतन्त्रबीचको विवादले उनीहरूका अलावा विश्वको अर्थतन्त्रमा कुनै न कुनै रूपमा प्रभाव परेको र यसलाई सल्टाउन चीन र अमेरिका दुवैलाई अन्तराष्ट्रिय समुदायको पनि दवाव रहेको छ ।
“मलाई लाग्छ व्यापार सम्झौता हुने निकै राम्रो अबसर बनेको छ,” ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो ।
यसैबीच अन्तर्राष्ट्रिय मुद्रा कोष प्रमुख क्रिश्टिन लागार्डले अमेरिका–चीनबीचको व्यापार विवादका कारण विश्वको आर्थिक वृद्धिलाई प्रभावित पार्नेसक्ने ‘प्रमुख खतरा’ भएको चेतावनी दिनुभएको छ ।
गत बर्षको जुलाईपछि दुबैपक्षबाट गरिएका कर वृद्धिबाट करिब तीन खर्ब ६० करोड अमेरिकी डलर मूल्य बराबरको सामानको मूल्य वृद्धि हुँदा यसको प्रभाव विश्वव्यापी बनेको छ । करवृद्धिका कारण विश्वव्यापी व्यापारमा सामान्य प्रभाव परेको बताइए पनि यसका कारण विश्वका स्टक बजारमा व्यवसायिक विश्वास गुम्दा भएको अप्रत्यक्ष क्षति अगन्य भएको लागार्डले बताउनुभयो ।
व्यापार युद्धको मिश्रित प्रभाव देखिएको बताउँदै अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१९ का लागि विश्वव्यापी आर्थिक वृद्धिदरबारे प्रक्षेपण घटाएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी