काराकास, ६ फागुन – भेनेजुएला सरकारले भेनेजुएला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदहरुलाई देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुएइदोले सरकारको उक्त कदम “अविवेकी” रहेको बताउनुभएको छ ।
युरोपेली संसदका सदस्यलाई देश निकाला गर्नुपर्ने स्पष्ट कारण भेनेजुएला सरकारले नखुलाएको टोली नेता एवं स्पेनका तर्फबाट युरोपेली सांसद एस्टब्यान गोन्जालेज पोन्सले बताउनुभयो ।
सांसद पोन्सले भन्नुभयो, “हामीलाई भेनेजुएला छाड्न भनिएको छ । हाम्रो पासपोर्ट खोसिएको छ । देश निकाला गर्नुपर्ने कारणबारे सरकारले हामीलाई केही बताएको छैन ।”
यो पछिल्लो घटनाले राष्ट्रपति निकोलास मदुरो र अन्तर्राष्ट्रिय समुदायबीचको तनाब अझ बढाएको छ । गत महिना राष्ट्रिय सभाका अध्यक्ष समेत रहनुभएका विपक्षी नेता हुँवा गुएइदोले मुलुकको अन्तरिम राष्ट्रपति आफू रहेको घोषणा गरेयता शक्ति सङ्घर्ष चरम अवस्थामा पुगेको छ ।
गुएइदोलाई ५० भन्दा बढी देशले समर्थन गरेका छन् । तीमध्ये युरोपका ३० वटा देश रहेका छन् ।
देश छाड् आदेश दिइएका अरु सांसदहरुमा जोजे इग्नासीयो सालाफ्रान्का, ग्याब्रिएल माटो आद्रोभर, एस्थर डी लान्गे र पाउलो रान्जेल रहेका छन् । उनीहरु सबै युरोपेली पिपुल्स पार्टीका सदस्य हुन् ।
सांसदहरुलाई देश निकाला गरिएकोप्रति आपत्ति जनाउँदै विश्व समुदायबाट एक्लिँदै गएको मदुरो सरकारको पछिल्लो कदम अविवेकी हो भन्नुभएको छ ।
विपक्षी नेता गुएइदोले भेनेजुएलाका निम्ति मित्रराष्ट्रले पठाएको आतकालीन मानवीय राहत सामग्री देशभित्र ल्याउन आम नागरिक समक्ष अपिल गर्नुभएको छ ।
भेनेजुएलासँग सीमा जोडिएको कोलम्बियाको कुकुटामा खाद्यान्न, सरसरफाईका सामान तथा पोषणयुक्त खाद्य आइपुगेको छ । तर त्यसलाई भेनेजुएला प्रवेश गर्न सरकारले अनुमति दिएको छैन । ब्राजिल र भेनेजुएलासँगै सीमा जोडिएको कुराकाओमा पनि सामग्री भण्डारहरु स्थापना गर्ने तयारी थालिएको छ ।
“हाम्रो मुख्य लक्ष्य नै फेब्रुअरी २३ सम्ममा दश लाख स्वयंसेवी परिचालन गर्ने भन्ने हो,” गुएइदोले बताउनुभयो । करिब ६ लाख भेनेजुएलाबासीले सीमामा रोकिएको सहायता देशभित्र ल्याउन हस्ताक्षर गरिसकेका छन् ।
विपक्षी नेता गुएइदोले सबै स्वयंसेवीलाई सीमामा गई सामग्री देशभित्र ल्याउन आह्वान गर्नुभएको छ ।
अमेरिकी सिनेटर मार्को रुबियो सहायता कार्यको प्रत्यक्ष अवलोकनका लागि आइतबार कुकुटा पुग्नुभएको छ । उहाँले कोलम्बिया र भेनेजुएला जोड्ने सिमोन बोलिभार अन्तर्राष्ट्रिय पुलको पनि निरीक्षण गर्नुभएको छ । तीन वटा अमेरिकी सैनिक कार्गो विमानले दर्जनौं टन खाद्य सामग्री कुकुटा ल्याएका छन् ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी