काठमाडौँ, ६ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो ।
प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन लिगमा खेल्नेछन् । प्रत्येक टिमले छ-छ खेल खेल्नेछन् ।
नेपालका लागि विश्वकपसम्म पुग्ने यो पहिलो ढोकाको रुपमा रहेको छ । क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अङ्कतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा छानिनेछ । त्यो पनि दुई विश्वकपको क्वालिफायरका लागि ।
क्वालिफायरअघि थोरै समयको तयारी भए पनि थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको नेपाली महिला टोली उच्च मनोबलका साथ थाइल्याण्ड गएको छ ।
क्वालिफायर अन्तर्गतका खेल आजदेखि शुरु भए पनि नेपालले पहिलो खेल मङ्गलबार मलेशियासँग खेल्दै क्वालिफायर शुरु गर्नेछ । दोस्रो खेल फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ ।
नेपालले गत महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा थाइल्याण्डसँगै युएई, चीन र मलेशियासँग खेलिसकेको छ । समूहचरणमा अपराजित रहेको नेपालले सेमिफाइनलमा इण्डोनेशियालाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा थाइल्याण्डसँग पराजित भएको थियो ।
क्वालिफायरमा आयोजक थाइल्याण्डलाई ग्लोबल क्वालिफायर पुग्ने मुख्य दाबेदारको रुपमा हेरिएको छ । यसअघिका चार संस्करणमा पनि थाइल्याण्ड नै विजेता बन्दै अघिल्लो चरण पुगेको थियो । यसपटक थाइल्याण्डलाई नेपाल र युएई जस्ता राष्ट्रले चुनौती दिने अपेक्षा गरिएको छ ।
क्वालिफायरका सबै खेलले टी–२० अन्तर्राष्ट्रियको मान्यता पाउने भएकाले वरियतामा रहेका टिमका लागि पनि यो क्वालिफायरले असर गर्नेछ । टी–२० वरियतामा थाइल्याण्ड १२औँ, युएई १४औँ र नेपाल १६औँ स्थानमा छन् ।
एशियाली छनोटसहित अफ्रिका, अमेरिका, युरोप र ओशियानाबाट गरी कूल २७ राष्ट्रले पहिलो चरणको छनोटमा प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा एशियाबाट सात टिमले प्रतिस्पर्धा गर्दैछन् भने अफ्रिकाबाट नौ, ओशियानाबाट छ, युरोपबाट तीन र अमेरिकाबाट दुई राष्ट्रले सहभागिता जनाउनेछन् ।
प्रतियोगिताका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली शनिबार त्यसतर्फ गएको छ । नेपाली टोलीमा रुबिनासहित सीता रानामगर (उपकप्तान), सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, अप्सरा बेगम, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।
टोलीको मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षकमा नीरा राजोपाध्याय हुनुहुन्छ । मुख्य प्रशिक्षक विनोद दास र कप्तान रुबिना क्षेत्रीले प्रशिक्षण राम्रो भएकाले नेपालको दोस्रो क्वालिफायरमा छनोट हुने लक्ष्य रहेको बताउनुभयो ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ