वासिङटन, ४ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ ।
देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको बारेमा हाल अमेरिकामा चर्चाको विषय भएको छ । राष्ट्रिय संकटकाल घोषणा गर्दै सीमामा पर्खाल बनाउन ट्रम्पले बजेट माग गर्नु भएको छ ।
अमेरिकामा राष्ट्रिय संकटकालसम्बन्धी ऐन गम्भीर राष्ट्रिय संकट नियन्त्रणको लागि मात्र रहेको जानकारको भनाइ छ । राष्ट्रपति ट्रम्पले हाल देशको दक्षिणी सीमानामा आप्रवासी संकट आइपरेको बताउँदै आउनु भएको छ तर उहाँको सो भनाइलाई आप्रवासीसम्बन्धी विज्ञले अस्वीकार गर्दै आएका छन् ।
अन्य देशको तुलनामा अमेरिकामा सबभन्दा ठूलो सङ्ख्यामा गैरकानूनीरुपमा आप्रवासीको प्रवेश हुने गरेको छ । वैध प्रवेशाज्ञा वा भिसाको म्याद सकिएपछि पनि लुकेर त्यही बसिरहेका पाइन्छ । मेक्सिको सीमा क्षेत्रमा पर्खाल लगाउने र आप्रवासी समस्यालाई नियन्त्रणमा ल्याउने ट्रम्पको चुनावी नारा रहेको थियो ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावी नारा पूरा गर्न ट्रम्पले हरेकतर्फबाट कोशिस गर्नु भएको र यी कोशिसहरु असफल भएपछि राष्ट्रिय संकटकालको घोषणा गर्नु भएको छ ।
यस घोषणासँगै ट्रम्पलाई विशेष शक्ति प्राप्त हुनेछ र त्यसले उहाँलाई सामान्य राजनीतिक प्रक्रिया छलेर विद्यमान सैन्य वा विपद राहतका बजेटलाई सीमानामा पर्खाल बनाउनका लागि छुट्याउन सक्नहुनेछ ।
इतिहासलाई पल्टाएर हेर्दा विगतका अमेरिकी राष्ट्रपतिले संकटकालको प्रयोग विदेश मामिलासम्बन्धि समस्याको लागि मात्र गरेको पाइन्छ ।
हाल राष्ट्रपति ट्रम्पले देशभित्रै राजनीतिकरूपमा विवादग्रस्त मुद्दामा विपक्षीको बहुमत वास्ता नै नगरी सीमा सुरक्षाका लागि भन्दै यो शक्ति प्रयोग गर्न खोजेको देखिन्छ । हाल अमेरिकामा शक्तिको दुरुप्रयोग भएको विपक्षीले आरोप लगाएका छन् ।
ट्रम्पले हालैको अमेरिकी खर्चबन्दी दोहोरिन सक्ने सम्भावनालाई रोक्ने मनसायले खर्च विधयेकसहितको एक योजनामा हस्ताक्षर गर्नु भएको थियो ।
अमेरिकी संसद् कङ्ग्रेसले उक्त विधयेकमा पर्खाल निर्माणको खर्च नबेहोर्ने अडान लिएपछि ट्रम्पले संकटकाल लगाएर अन्यत्रबाट बजेटको बस्दोबस्त गर्ने कदम चाल्नु भएको हो । राष्ट्रपति ट्रम्पको हालको कदमलाई अदालतमा चुनौति दिने डेमोक्र्याटहरुले बताएका छन् ।
संकटकालीन अवस्थाले सीमा पर्खालका लागि आठ अर्ब डलर प्रदान गर्ने ट्रम्पले घोषणा गर्नुभएको छ । अति आवश्यक खर्च सैन्य निर्माण, लागुऔषध तस्करी नियन्त्रणका लागि छुट्याइएको बजेटबाट काटेर पर्खाल निर्माणमा लगाइनेछ ।
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव