वासिङ्टन, संयुक्त राज्य अमेरिका, २ फागुन – अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ ।
अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा गत बर्ष ६.६ प्रतिशतको कमी आएको छ ।
आर्थिक बर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र डिसेम्बर, मा बजेट घाटा तीन खर्ब १८ अर्ब ९० करोड अमेरिकी डलर रहेको देखिएको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतको बढी हो ।
नियमित तालिका अनुसार उक्त तथ्याङ्क जनवरीको अन्त्यमा सार्वजनिक हुनुपर्नेमा ट्रम्प सरकार र संसदबीचको विवादका कारण सरकारी कार्यालयमा भएको ३५–दिन लामो आंशिक बन्दका कारण ढिलो गरी सार्वजनिक भएको छ ।
अमेरिकाको गत बर्षको डिसेम्बरमा उच्च तीन ठूला खर्चहरू, सामाजिक सुरक्षामा ८४ अर्ब अमेरिकी डलर, राष्ट्रिय सुरक्षामा ५७ अर्ब अमेरिकी डलर र स्वास्थ्यमा ४८ अर्ब अमेरिकी डलर रहेको तथ्याङ्कमा उल्लेख छ ।
अमेरिकाको सार्वजनिक ऋण फेब्रुअरी ११ सम्ममा २२.०१ ट्रिलियन डलर रहेको र यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।
वासिङ्टनस्थित बजेट अध्ययन गर्ने स्वतन्त्र संस्था, ट्याक्सपेयर फर कमन सेन्सका कार्यकारी उपाध्यक्ष स्टेफेन एलिसले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारी अनुसार अमेरिकाको कुल ग्राहस्थ उत्पादनको कर्जा एक तहमा विगत केही दशकदेखि देखिने गरेको छैन ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी