नयाँ दिल्ली, २९ माघ – दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।
करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार विहान ४.३० बजे सो आगलागी भएको थियो ।
तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताउनुभयो ।
विभागका प्रमुख अतुल गर्गले भन्नुभयो,“सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई विहान ४.३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो ।” उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चार जनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।
एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।
आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उप–आयुक्त एमएस रान्धावाले भन्नुभयो, “आगलागीबाट घाइते भएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।”
आगलागी भएको सो चार तले होटलमा ३५ कोठा थिए । सोमबार उक्त होटलमा एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताउनुभयो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी