लन्डन । युरोपको पर्यटकीय मुलुक माल्टामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको तदर्थ समिति गठन भएको छ । मंगलबार एक सय ५० भन्दा बढी गैर आवासीय नेपालीको भेलाबाट तेजबहादुर लिम्बुको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरिएको हो । यो समितिसहित संघको एनआरएनए राष्ट्रिय समिति ८० देशमा फैलिन पुगेको छ ।
समितिको उपाध्यक्षहरुमा रेमलाल खनाल र कृष्ण थापा, महासचिव सन्देश केसी, सचिव शंकर पोखे्रल, कोषाध्यक्ष सदिन पोख्रेल र सहकोषाध्यक्ष सरिता राई चयन भएका छन् । त्यसैगरि, महिला संयोजकमा सुष्मा राई, युवा संयोजक रोशन गिरी र सदस्यहरुमा सुशील अधिकारी, वासुदेव अधिकारी, राजीव दाहाल, शंकर खत्री, कुशकुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता सेढाईं, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्बिन पौडेल, दिपक खनाल, वीरेन्द्र घिमिरे र मनिष अर्याललाई सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथी थिए । पन्तले नवगठित तदर्थ समितिलाई वधाई तथा शुभकामना दिए । भेलामा केन्द्रिय स-हकोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिव बरुवाल, बेलायतका व्यवसायी तथा समाजसेवीहरु कमल भण्डारी, पशुपति भण्डारी लगायत एनआरएन अभियन्ताहरुको सहभागिता थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी