लन्डन । नेपालीहरुको उल्लेख्य बसोवास रहेको बेलायतको अल्डरसटबाट एकजना नेपाली काउन्सिलर पदको उम्मेदवार बनेका छन् । युवा व्यवसायी तथा समाजसेवी प्रवेश केसी आउंदो २ मेमा हुने स्थानीय निर्वाचनमा काउन्सिलर उम्मेदवार भएका हुन् ।
कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलर पदमा उम्मेदवारी दिएका केसी अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । उनको क्षेत्रमा करिब ४ हजार मतदाता छन् ।
अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउने आफ्नो मुख्य ‘एजेन्डा’ रहेको उनले बताए । शनिबार अल्डरसटमा केसीले भने, ‘रसमोर बरो काउन्सिल गोर्खा भेट्रानप्रति बढि उदार भएकाले भूपू गोर्खाहरुका स्थानीय समस्या सम्वोधनमा पनि म जुट्नेछु ।’ कन्जरभेटिभ पार्टीले स्थानीय सरकारमा नेपालीको आवाज आओस् भन्ने उद्देश्यले आफूलाई छनोट गरेको केसी बताउंछन् ।
उनले आफूलाई मत दिन र आफ्नो चुनावी अभियानमा सघाउन पनि अपिल गरेका छन् ।
कन्जरभेटिभको व्यक्तिगत स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेको जनाउंदै केसीले हरेक मतदातालाई ति सिद्धान्तको प्रत्याभूति दिलाउन पहल गर्ने बताए । ‘यो पार्टीले हरेक व्यक्तिलाई आफ्नो जीवनको मालिक बनाउंछ दास होइन्’- केसीले भने ।
ब्रिटिश सैनिकमा कार्यरत गोर्खाहरुका लागि पनि कन्जरभेटिभ उदार छ । उसको डिफेन्स बजेट बढि हुन्छ । हालै ‘अल्डरसट सेन्टर फर हेल्थ’ प्रोजेक्ट सम्पन्न भएको छ जुन कन्जरभेटिभकै पहलमा बनेको हो । स्थानीय सरकारले टाउन सेन्टरको ‘रिजेनेरेसन’ का लागि ५०० मिलियन पाउण्ड बजेट समेत छुट्टयाएको उनले बताए ।
वेलिङटन वार्डमा ४ हजार ५०० क्वालिटी होम विकासमा पनि कन्जरभेटिभले नै पहल गरेको हो । अल्डरसटमा मन्दिर, गुम्बा, मस्जिद, चर्च आदि बनाउन पनि कन्जरभेटिभ स्थानीय सरकारको महत्वपूर्ण भूमिका छ । कन्जरभेटिभ पार्टीको जनताका हक-हित र कल्याण प्रमुख नीति भएकाले पनि केसीले उक्त पार्टीका उम्मेदवारलाई मत दिन अपिल गरे । यस पार्टीको असहाय र निमुखा जनतालाई सहयोग गर्ने पनि मुख्य नीति छ ।
सन् १९९६ मा बेलायत आएका केसी म्याग्दीमा जन्मिएका हुन् । उनी प्रोपर्टी व्यवसायमा आवद्ध छन् ।
तस्विरहरु- शिव भण्डारी
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस