काठमाडौँ, २३ माघ – सुन्दै अचम्म लाग्छ, एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शृङ्खला नै जितिसकेको नेपालमा एक दिवसीय शृङ्खला खेलाउने मैदान छैन भन्दा ।
एक दिवसीय मान्यता पाएको करिब एक वर्षको अवधिमा नेपाली क्रिकेटले दुईवटा अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला खेल्यो, पहिलो शृङ्खला बराबरीमा सकियो तर दोस्रोमा नेपालले ऐतिहासिक जित नै दर्ता गरायो । टि–२० मा समेत पहिलो शृङ्खला जितेको छ । तर, नेपालमै भने शृङ्खला आयोजना गर्ने अवस्था अहिले छैन । भएको एउटै मैदान कीर्तिपुरस्थित त्रिवि मैदान वर्षौंदेखि मर्मत हुन सकेको छैन ।
त्रिवि मैदानले मात्रै धानेको नेपाली क्रिकेटको साख जोगाउन अब कहिलेसम्म सो मैदानमा मात्रै भर पर्ने हो ? यसको उत्तर नेपाली क्रिकेटका जिम्मेवार पदाधिकारीसँग छैन ।
हरेक चार वर्षमा पिचको मर्मत गर्नुपर्दछ तर त्रिवि मैदानको पिच आठ वर्षसम्म पनि मर्मत नहुँदा यसको गुणस्तर खस्किएको छ ।
नेपालमा एक दिवसीय शृङ्खला खेलाउन सकिन्छ कि सकिँदैन भनेर भर्खरै अध्ययन भने शुरु भएको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले पनि घरेलु मैदानमा शृङ्खलाको आयोजना गर्न चासो दिइरहेको छ । तर क्रिकेटको आधिकारिक निकाय नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा रहेको छ भने एकमात्र अन्तर्राष्ट्रिय भनिएको कीर्तिपुर मैदान पुनःनिर्माण गर्नुपर्ने अवस्थाले नेपालमै तत्काल शृङ्खला आयोजना गर्ने अवस्था छैन ।
नेपालको मैदान एकदिवसीय शृङ्खला खेलाउन योग्य छ की छैन भनेर जाँच गर्न अहिले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि एण्डी अटकिन्सन नेपालमा छन् । उनले मङ्गलबार कीर्तिपुर मैदानको निरीक्षण गरे । आज निर्माणाधीन अवस्थामा रहेको मुलपानी मैदानको पनि निरीक्षण गरेका छन् ।
उनले मैदानको अवस्थाका बारेमा आइसिसीमा प्रतिवेदन बुझाउनेछन् । आइसिसीले उनकै प्रतिवेदनका आधारमा नेपाली मैदान शृङ्खला खेल्न योग्य छ कि छैन भन्ने कुराको टुङ्गो लगाउनेछ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भन्नुभयो, “एण्डीले प्रतिवेदन बुझाएपछि आइसिसीले त्रिवि मैदानलाई एकदिवसीय योग्य बनाउनका लागि गर्नुपर्ने कामबारे सुझाव दिनेछ, त्यही अनुसार सुधार गर्नसके नेपालले एक दिवसीय शृङ्खला आयोजना गर्ने बाटो खुल्नेछ ।”
त्रिवि मैदानमा सुरक्षाको विषयमा आइसिसीले चासो देखाएको छ । त्यसैले सरकारले सुरक्षाको विषयमा आइसिसीलाई विश्वस्त तुल्याउनुपर्नेछ । भौतिक पूर्वाधार निर्माणमा पनि सरकारले नै काम गर्नुछ । क्यान निलम्बनको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बजेट छुट्याएर काम गरे मात्र मैदानले एकदिवसीय शृङ्खला खेलाउने मान्यता पाउनेछ ।
हालै युएईमा सम्पन्न शृङ्खलामा नेपाली खेलाडीहरूले नायकत्व प्रर्दशन गरिसकेका छन् । केही युवा खेलाडीले सोचेभन्दा माथिल्लो स्तरको प्रर्दशन गर्दै नेपाली क्रिकेटको उज्यालो भविष्यको सङ्केत समेत गरिसकेका छन् । तर स्तरीय पूर्वाधार नहुँदा र क्यान निलम्बनको फकुवाका लागि उचित पहल नहुँदा नेपाली खेलाडीले देखाएको उज्यालो भविश्यको सङ्केत कतै अध्याँरोतर्फ जाने त होइन भन्ने आशङ्क उत्पन्न हुन थालेको छ ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कीर्तिपुरको मैदान मर्मतका लागि मन्त्रालयले नै ताकेता गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आइसिसीले भनेअनुसार विधान संशोधन भइसकेको छ, क्यानका निर्वाचित पदाधिकारीले अदालतमा दायर गरेको मुद्दा फिर्ताको प्रक्रिया पनि शुरु भइसकेको छ, अब चाँडै क्यान निलम्बन फिर्ता हुन्छ ।”
खेलाडीलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले खेलेर भविष्य सुनिश्चित गर्नसक्ने अवस्थामा पुरयाउन सरकार प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।
उहाँले मुलपानी क्रिकेट मैदान साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिने उल्लेख गर्दै आफू मन्त्री हुनुअघिको सबै समस्या समाधान गरेर निर्माण प्रक्रिया शुरु भइसकेको बताउनुभयो ।
क्रिकेट प्रशिक्षक राजु बस्नेतले नेपाली खेलाडीले क्रिकेटलाई उचाइमा पुरयाएको बताउँदै पूर्वाधार नबन्नु दुःखद् विषय हो भन्नुभयो ।
उहाँले भन्नुभयो “नेपाल भन्दा कम वरियता भएका मुलुकहरूमा नेपालको भन्दा धेरैनै पूर्वाधारको विकास भएको छ, हाम्रो अवस्था लाजमर्दो नै छ ।”
एकदिवसीय मान्यता प्राप्त गरेको एकवर्ष पूरा हुनै लाग्दा नेपालले अहिलेसम्म दुईवटा मात्र शृङ्खला खेलेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले नेदरल्यान्ड्स र युएईविरुद्ध उनीहरुकै भूमिमा शृङ्खला खेलेको थियो ।
नेपाली क्रिकेटका लागि थप सफलताको सिँढी चढ्न मात्र नभएर अहिले प्राप्त उपलब्धि टिकाइराख्न पनि चुनौतीपूर्ण छ । यसका लागि क्यानमाथि आइसिसीको निलम्बन फुकुवा अत्यावश्यक छ । दश वर्षअघि डिभिजन ५ मा रहेको नेपालले प्रतिकूल घरेलु वातावरणका बाबजुद एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो