नयाँ दिल्ली, २२ माघ – भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्यु भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ ।
तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् ।
गत बर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको वेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख