
अबुधाबी, २२ माघ – अरब मुस्लिम राष्ट्र ‘युनाइटेड अरब इमिरेट्स’ को अबुधाबी रङ्गशालामा मङ्गलबार पोप फ्रान्सिस पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको छ । रङ्गशाला भित्र र बाहिर गरी करिब एक लाख ७० हजार क्याथोलिक धर्मावलम्बी भेला भए ।
जायाद स्पोर्ट्स सीटी रङ्गशालामा प्रवेश गर्नुहुँदा पोप फ्रान्सिसलाई त्यहाँ उपस्थित ठूलो जनसमूहले भ्याटिकनका झण्डा र ब्यानरले स्वागत गरेका थिए । उहाँ रङ्गशालामा प्रवेश गर्दा मोटरमा सवार हुनुहुन्थ्यो ।
युनाइटेड अरब इमिरेट्सको छिमेकी मुलुक साउदी अरेबिया हो । साउदी अरेबिया इस्लाम धर्मको जन्मस्थल पनि हो । तर ठूलो छिमेकी मुलुक साउदीमा गैर–मुस्लिमलाई सार्वजनिक स्थलमा प्रार्थना गर्न समेत प्रतिबन्धित गरिएको छ । अबुधाबीमा भने इसाई समुदायका व्यक्तिलाई प्रार्थना गर्न छुट दिइएको छ । सबै धर्मप्रति युएई उदार मानिएको छ ।
फ्रान्सिसले मङ्गलबार नै युएईको तीनदिने भ्रमण पनि समाप्त गर्दै हुनुहुन्छ । पोपमा नियुक्त भएसँगै पोप फ्रान्सिसले इसाई धर्मका कट्टर विरोधी मुस्लिम विश्वमा समेत भाइचारा सम्बन्ध विस्तार गर्नुभएको छ ।
रङ्गशालामा करिब ५० हजार क्याथोलिक समुदायका व्यक्तिहरुले पोप फ्रान्सिसलाई स्वागत गरेका थिए । उक्त समारोहमा केही यमनका इसाई धर्मावलम्बी पनि सहभागी थिए ।
झण्डै एक लाख २० हजार अरु रङ्गशाला बाहिर भेला भएका थिए । उनीहरुले भिडियो सेवाबाट रङ्गशाला भित्रका गतिविधि हेरेका थिए ।
युएईले “सहिष्णुता वर्ष २०१९” को अवसर पारेर पोप फ्रान्सिसलाई आफ्नो मुलुकको भ्रमणमा निम्त्याएको हो । सहिष्णुता मन्त्री शेख नाहयान बीन मुबारकले पोप फ्रान्सिस रङ्गशालामा प्रवेश गर्नुअघि उपस्थित धर्मावलम्बीलाई स्वागत गर्नुभएको थियो ।
पोप फ्रान्सिसको भ्रमणलाई फिलिपिनी र भारतीय समेत युएईमा रहेका आप्रवासी क्याथोलिक समुदायले स्वागत गरेका छन् ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी