
प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा शुक्रबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको कुटनीतिक नियोगका प्रतिनिधिसँगको बैठकमा सहभागी हुँदै । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, १८ माघ – परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिएको छ ।
मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभाव र नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी गराउनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता थियो ।
“गत वर्ष विदेशसँगको परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध कस्तो भएको थियो त्यसबारेमा मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो”, डा भट्टराईले भन्नुभयो, “यसभन्दा अगाडि परराष्ट्रमन्त्रीले कूटनीतिका सम्बन्धमा गराएको जानकारीका बारेमा समेत छलफल भयो ।”
उहाँका अनुसार नेपालको आन्तरिक नीति, तिनमा अन्तर्राष्ट्रिय समुदायको प्रभाव र आन्तरिक नीतिले बाह्य सम्बन्धमा पारेका असरबारेमा मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
सो अवसरमा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले नेपालमा लगानी गर्नका लागि आवश्यक कानूनी विषयमा समेत चासो राखिएको बताइएको छ । लगानी सम्मेलनबारे कूटनीतिक नियोगले राखेका प्रश्नको जवाफ अर्थमन्त्री डा युवराज खतिवडाले दिनुभएको थियो । सरकारले आगामी चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ । गोरखा भूकम्पपछि विसं २०७२ असारमा भूकम्पपछिको पुनःनिर्माणका लागि नेपालले दाता मुलुक र संस्थाहरु बोलाएर सम्मेलन गरेको थियो ।
विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिले गत वर्ष नेपालको कूटनीतिक क्षेत्रमा राम्रो प्रगतिसमेत भएको बताउनुभएको डा भट्टराईले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय