
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अन्सरत डा गोविन्द्र केसीलाई भेटि अनसन तोडन आग्रह गर्दै । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १७ माघ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।
डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो । डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुग्नुभएको थियो ।
चिकित्सक सङ्घको ध्यानाकर्षण
नेपाल चिकित्सक सङ्घले अनशनरत् प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै उहाँले उठान गरेको मागलाई छिटोभन्दा छिटो सम्बोधन गर्न सरकारको पुन ध्यानाकर्षण गराएको छ ।
सङ्घका आजीवन सदस्यसमेत रहनुभएका प्रा डा केसीको स्वास्थ्यस्थिति नाजुक हुँदै गएको भन्दै सङ्घले आज एक विज्ञप्तिमार्फत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर मागलाई सम्बोधन गर्न सरकारसित आग्रह गरेको हो ।
सङ्घका महासचिव डा लोचन कार्कीद्वारा आज जारी विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट छिटो समस्याको समाधान गर्न सरकारसित माग गरिएको छ । साथै आफ्नो पूर्ववत् आन्दोलनका कार्यक्रम जारी रहेको सङ्घले जनाएको छ ।
सरकारले आफूसित विगतमा गरेका सम्झौताका केही बुँदा छुटाई ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ तयार गरेको प्रति असन्तुष्टि राख्दै प्राडा केसीले १६औँ अनशन शुरु गर्नभएको थियो । उहाँले अनशन शुरु भएको आज २३ दिन भएको छ । उहाँका उपचारमा संलग्न चिकित्सकले डा केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर हुँदै गएको जनाएका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक